ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगतका लागि सेना प्रहरीकै भर


admin
माघ २३, २०७५ बुधबार  ११ : ०१ बजे

  दुल्लु, २३ माघ । दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । 

सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल पुगेकी कार्कीलाई ‘ए’ नेगेटिभ रगत आवश्यक प¥यो । उक्त रगत जिल्लामा उपलब्ध नभएपछि उहाँलाई सुर्खेत सिफारिश गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले बताउनुभयो । 

कार्की मात्र होइन, अस्पतालमा प्रसूति हुन पुगेकी नारायण नगरपालिका–१ की २१ वर्षीया नबीना केसीले अस्पतालले दिएको मितिअनुसार व्यथा लागेपनि बच्चा जन्माउन सक्नुभएन । दैलेख अस्पतालले शल्यक्रिया गर्ने सबै तयारी पूरा ग¥यो तर उनलाई आवश्यक ‘बी’ नेगेटिभ रगत उपलब्ध भएन । रगत अभावपछि अस्पतालले उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत सिफारिश ग¥यो । 

यस्तै नौमुले गाउँपालिका–४ की २५ वर्षीया मनकला रामजाली प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेमा प्रसूति हुन आइपुग्नुभयो । त्यहाँ प्रसूति हुन नसकेपछि प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेले दैलेख अस्पताल सिफारिश ग¥यो । उहाँको सामान्य रुपमा बच्चा जन्मिन नसकेपछि शल्यक्रिया गर्नुपर्ने भयो । रगतका लागि नेपाली सेनाको इन्द्रदल गुल्मलाई खबर गरियो । त्यहाँ पनि रगत उपलब्ध नभएपछि अस्पतालमा कार्यरत डा अनिल खरेलले आफँैले रगत दिएर उहाँको ज्यान बचाउनुभयो । 

जिल्लामा ब्लडबैंक नहुँदा अस्पतालमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन् । चिकित्सक भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीकहाँ रगतका लागि धाउने गर्छन् । ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । “स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रगत जुटाउन घण्टाँै लाग्छ,” डा खरेलले भन्नुभयो ।

अस्पतालको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रुपमा रक्तदान गर्दै आएको वर्षाँै वितिसक्यो । “बिरामीलाई रगत चाहिएमा सेना र प्रहरीलाई गुहाछौँ,” उहाँले भन्नुभयो । वर्षाँैदेखि सेना र प्रहरीले नै ब्लडबैंकको रुपमा काम गर्दै आएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्री अस्पतालको मागअनुसार प्रहरी जवानले रक्तदान गर्दै आएको बताउनुहुन्छ । अस्पतालमा कार्यरत स्वास्थ्कर्मी, सेना र प्रहरीबाहेक अन्य पेशा÷व्यवसायीले प्रायःजसो रक्तदान गरेको पाइँदैन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत आवश्यक पर्छ । “बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्छ,” जिल्ला अस्पतालका डा पन्तले भन्नुभयो । 

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अस्पतालमा रगतको समस्या समाधान गर्नुका साथै अस्पताललाई सुविधासम्पन्न ५० श्ययामा विकास गर्न नगरसभाबाट पारित गरेर कर्णाली प्रदेश सरकारलाई पठाएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले अस्पतालमा सुविधा थप गर्नका लागि नारायण नगरपालिका र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो । 

सङ्कलित रगत पनि सुर्खेतमै 

जिल्लामा बेलाबेला रक्तदान कार्यक्रम आयोजना गरिन्छ । यहाँका सामाजिक सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखलगायत युवाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । विसं २०७२ जेठमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र दैलेखी युथले संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यतिबेला ४० जनाले रक्तदान गरेका थिए । रगत सुरक्षितसाथ राख्न नसक्दा सङ्कलित रगत सुर्खेत पठाउनुपरेको हो । समयसमयमा गरिने रक्तदान कार्यक्रममा सङ्कलित रगत पनि सुरक्षित राख्न नसकिँदा सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको डा पन्त बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com