ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी चितवनको पर्यटकीय पार्कको डिपिआर तयार


admin
माघ २२, २०७५ मंगलबार  १० : ४१ बजे

भरतपुर, २२ माघ । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो । 

डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिनुभयो । बहुवर्षीय योजनाको रुपमा रहेको पार्क रु सात करोड ५० लाख लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने आचार्यले बताउनुभयो । करीब रु १० लाखको लागतमा स्वराज कन्सल्टेन्टले डिपिआर निर्माणको काम सम्पन्न गरेको हो । 

निर्माणाधीन अवस्थामा नै तीन वर्षमा पार्क सञ्चालन गर्ने सामुदायिक वनको तयारी छ । घुम्न आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नुका साथै वनस्पतीसम्बन्धी शिक्षा दिनु पार्क निर्माणको मुख्य उद्देश्य भएको आचार्यले बताउनुभयो ।

पार्क निर्माणका लागि प्रदेश नं ३ सरकारले रु तीन करोड विनियोजन गरेको छ भने राप्ती नगरपालिका र सामुदायिक वनले समेत बजेट विनियोजन गरेका छन् । इको टुरिजम पार्कमा आकर्षक बगैँचा, पौडीपोखरी, भोजस्थल, विभिन्न आकर्षक पुल, विश्रामस्थल, चौतारो, टिकट घर, पार्किङस्थल, शौचालयलगायतका भौतिक संरचना निर्माण हुनेछन् 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

अध्यादेश ल्याउँदै सरकार

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com