ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मरेका गैँडाको नमूना परीक्षण गरिने


admin

चितवन, २१ माघ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ । गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो । 

चालू आवको हालसम्म २९ गैँडा मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महीनामा मरेका सात गैँडा फेला परेका थिए । वर्षात्को बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उहाँले बताउनुभयो । 

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ । 

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताउनुभयो । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वाभाविक ढङ्गबाट गैँडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमूना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार मरेका गैँडाको महत्वपूर्ण अङ्ग सुरक्षित राखिएको छ । ती अङ्गलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाउने तयारी गरिएको छ । 

ठूलो सङ्ख्यामा गैँडा भएकाले महामारीको रुपमा रोग भित्रिन नपाओस् भन्नका लागि समयमै सतर्कता अपनाउने तयारी गरिएको हो । निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसढेका गैँडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमूना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ । मरेपछि कुहिएको अवस्थामा भेटिएका गैँडाको छाला सुरक्षित राखिएको छ । 

अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकालले बताउनुभयो । गत वर्ष प्राकृतिक कारणले २५ गैँडा मरेका थिए । पूर्वका गैँडा पश्चिम पुगेपछि एकै क्षेत्रमा बढी गैँडा हुँदा पनि समस्या भएको हो । स्थानान्तरणका क्रममा पोथी गैँडा बढी पठाएपछि भालेको सङ्ख्या बढी हुँदा पनि जुधेर मर्ने क्रम बढेको ढकाल बताउनुहुन्छ । 

स्थापनाताका २० प्रतिशत घाँसेमैदान रहेको निकुञ्जमा हाल १० प्रतिशत मात्रै घाँसेमैदान छ । त्यसमा पनि बजेट अभावमा हरेक वर्ष १०० हेक्टर हाराहारी व्यवस्थापन गरिँदै आएको छ । अन्य घाँसेमैदान व्यवस्थापन गर्न नसक्दा पनि गैँडालाई समस्या भएको छ । गैँडालाई पानीका लागि तालतलैया सुक्दै गएपछि यस वर्ष ४० नयाँ ताल खन्नका लागि बोलपत्र आह्वान गरी ठेक्का दिइएको छ । हालसम्म निकुञ्जमा ६० ताल छन् । नदीमा सोझै ढल र फोहर मिसाउँदा प्रदुषित भएर पनि गैँडा प्रभावित बनेका छन् । 

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ गैँडा प्राकृतिक कारणले मरेका थिए । हालसम्म प्राकृतिक कारणले सबैभन्दा बढी मर्ने क्रम यस वर्ष देखिएको छ । यसअघि चोरीसिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैँडा मारिएका थिए । पछिल्लो समय चोरीसिकारीबाट मारिने क्रम घटेर गएको छ । चोरीसिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैँडा चोरीसिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । चालू आर्थिक वर्षमा पुनः गैँडाको गणना गरिँदै छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com