ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरप्रमुख थापाविरुद्धको रिट खारेज


admin

बैतडी, २१ माघ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ । 

अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले जानकारी दिनुभयो । रिट निवेदकले उल्लेख गरेका कुराको प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत स्रोतले जनाएको छ ।

विसं २०७४ असार १४ गते भएको सो नगरपालिकाको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै थापाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार पुष्करराज जोशी ‘लख्खाभाइ’ले उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

अदालतले मतगणना प्रक्रियागत भएको, मुचुल्का तथ्यका आधारमा भएको र निर्वाचन ऐन २०७३ को दफा ५२ अनुसार रिट निवेदन रीत नपुगेको भन्दै सो मुद्दा खारेज गरेको हो । दशरथचन्द नगरपालिकाका प्रमुख थापाले निर्वाचनमा तीन हजार ७६२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जोशीले तीन हजार ७०० मत प्राप्त गर्नुभएको थियो । जोशीले थापाविरुद्ध २०७४ असार २० गते मुद्दा दायर गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com