ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४२ किलो गाँजासहित पक्राउ परेका तीन जना सार्वजनिक


admin
माघ २०, २०७५ आईतबार  ४ : २० बजे

सप्तरी, २० माघ ।  हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ । 

बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कङ्कालिनी १४ का ५६ वर्षीय हीरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका र उनीहरूलाइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकामा आज आयोजित पत्रकार सम्मेलनमा सो घटना सार्वजनिक गरिएको हो । 

गाँजा भारततर्फ तस्करी गर्न लागिरहेको बेला सशस्त्र प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भए पनि कोही घाइते नभएको तर घेरामा परेका उनीहरूलाई पक्राउ गरेर ल्याइएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले बताउनुभयो 
। 
पक्राउ परेकाले आफूहरुलाई एकपटक गाँजा ओसारेबापत दुई हजार दिने गरेको र पु¥याउने ठाउँबारे थाहा भए पनि कहाँबाट ल्याइएको थाहा नभएको उनीहरूले बताएकाले मुख्य तस्कर पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो । 

नेपाली बजारभन्दा भारतीय बजारमा गाँजाको मूल्य तीन गुणा बढी भएकाले व्यापक रुपमा गाँजा ओसारपसार हुने गरेको पक्राउ पर्नेहरुबाट बुझिएको हो भन्दै सशस्त्र प्रहरी उपरीक्षक थापाले तस्करको राम्रो सञ्जाल र सुरक्षा टोली भएकाले गाँजा ओसारपसारको स्रोतको खोजीका लागि पनि प्रहरीले सीमा नाकामा कडाइ गरेकोे बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com