ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द सरकारी कार्यालय र विद्यालय खुले


admin
माघ २०, २०७५ आईतबार  ३ : ०८ बजे

  रुकुम, २० माघ ।  रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । 

सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो ।

सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार साँझ र आाइतबार बिहान जिल्ला आन्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । 

दुवै पक्षले सो विषयलाई प्रशासनको जिम्मा लगाएपछि विद्यालय र कार्यालय खुलेका छन् । रुकुमकोट र सो आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलनरत छन् । यही माघ १४ गतेदेखि राके जुलुस, कोणसभा, सरकारी कार्यालयमा धर्ना लगायतका कार्यक्रम गर्दै आएका आन्देलनकारीले शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारेका छन् । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ । सो छलफल नजिकिँदै गर्दा दबाबस्वरुप दुवै पक्षले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com