ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय रेल्वे सेवा बन्द भएपछि..


admin
माघ ६, २०७५ आईतबार  २ : २६ बजे

रत्ननगर, ६ माघ । सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।

यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो ।

भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ ।

“भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे”, ठोरी–१ का कृषक चन्द्रबहादुर बोहोराले भन्नुभयो, “रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ । हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ ।”

ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो । यहाँका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरीद गर्न तथा सदरमुकाम वीरगञ्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे ।

रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन् । रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन् ।

उत्पादित वस्तुले बजार नपाएपछि फलफूल, अन्नबाली बिक्री गरेर घर व्यवहार चलाउने स्थानीयवासीको आर्थिक अवस्था बिग्रिएको छ । “भारतीय बजारको मात्रै भर पर्नुहुँदैन”, गाउँपालिका–१ का अध्यक्ष रामप्रकाश कुँवरले भन्नुभयो, “समस्याको समाधान गर्न चितवनको भरतपुर र पर्साको वीरगञ्जको बजारसम्म जोडिनुपर्छ । यसका लागि कच्ची सडकलाई पक्की बनाउनुपर्ने हुन्छ ।”

ठूला अस्पतालको सेवा नरहेको यहाँका स्थानीयवासीले उपचार गर्न ठोरीदेखि वीरगञ्ज र भरतपुरका अस्पताल पुग्न ७० किलोमिटरको कच्ची बाटो प्रयोग गर्नुपर्छ । तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतीय खुल्ला नाका हुँदा सम्भावना प्रशस्त रहेको ठोरी पूर्वाधार विकासमा कमजोर छ ।

बजेट थोरै हुँदा विकासले गति लिनसकेको छैन । चालु आर्थिक वर्षमा रु ३१ करोड २७ लाख बराबरको बजेट अनुमान गरिए पनि ठूला पूर्वाधारमा बजेट अभाव छ । यहाँका दर्जन बढी खहरे खोलाले पु¥याउने क्षति अर्को समस्या हो ।

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले खोलानाला व्यवस्थापनमै बजेट अपूग भएको बताउनुभयो । “बाढीले बर्सेनि जालीसहितको तटबन्ध नै बगाउने अवस्था छ”, उहाँले भन्नुभयो, “हरेक वर्ष पुनःनिर्माणको काम गर्नुपर्छ, थोरै बजेटले दिगो व्यवस्थापन गर्न चुनौती दिँदै आएको छ ।” उहाँले प्रत्येक खोलामा सरदर रु ७५ लाख खर्चिनुपरेको बताउनुभयो ।

“कल्भर्ट, ह्युमपाइप, सिँचाइ आयोजना दिगो हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “बनायो, बाढीले भत्काइहाल्छ, ठूलो लगानीमा तटबन्ध गर्न बजेट नै पुग्दैन ।” ठुटे, सरस्वती, ओडार, ओरिया, सिखारीबास लगायतका खोलाले बर्सेनि जमीन कटान गर्दै आइरहेका छन् ।

“थोरै बजेटले स्थानीयवासीका सबै माग पूरा गर्न कठिन छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि खासै चासो दिएको छैन, केन्द्र सरकारलाई नै घच्घच्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

पर्सामा रहेका अन्य स्थानीय तहको तुलनामा ठोरीमा १० गुणा बढी समस्या रहेपनि बजेटको आकार सानो रहेको उहाँको भनाइ छ । पछिल्लो जनगणना अनुसार यहाँ २० हजारको बसोबास छ ।

राष्ट्रिय गौरवको आयोजना रहेको चीन र भारत जोडने सबैभन्दा छोटो मार्ग ठोरी–केरुङ लोकमार्गको भारतीय नाका यही गाउँपालिकाको सीमावर्ती भिखना ठोरीमा पर्छ । यो मार्ग निर्माण भए ठोरी व्यापारिक केन्द्रका रूपमा विकसित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com