ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भण्डारण केन्द्र निर्माण हुने भएपछि..


admin
माघ ४, २०७५ शुक्रबार  ४ : ०० बजे

नेपालगन्ज, ४ माघ । बाँकेको डुडुवा गाउँपालिकामा ‘कैराती बीउ सङ्कलन तथा प्रशोधन भण्डार केन्द्र’ निमार्णको काम शुरु गरिएपछि त्यहाँका किसान हर्षित भएका छन् । “अब हामीलाई बीउ ल्याउन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुन्छ भन्ने लागेको छ” कृषक सोहन यादवले भन्नुभयो ।

“स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विस्तारै गाउँको विकास र सामाजिक सुधारका काम पनि हुँदै आएको छ” यादवको ठम्याइ छ ।

गाउँपालिकाको–२ कैरातीपुरवास्थित कोटही मातामा रहेको करीब १० कठ्ठा जग्गामा तीन वर्षे योजनाअन्र्तगत करीब रु साढे दुई करोडको लागतमा भण्डारण केन्द्रको निर्माण कार्य शुरु गरिएको हो ।

सो गाउँका गोविन्दप्रसाद कैरातीले आप्mनो निजी जग्गा दान दिनु भएपछि भण्डारण केन्द्र निर्माण सम्भव भएको हो । किसानले किनेर ल्याएको नभई आफैँ उत्पादन गरेका बीउ मात्र केन्द्रमा भण्डारण गर्न पाइने प्रावधान राखिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । “

गाउँपालिकाका किसानले समयमा कृषि बीउबिजन नपाएर राम्रो अन्न उत्पादन गर्न नसकेको गुनासो बढ्न थालेपछि भण्डारण केन्द्र निर्माण गर्ने निर्णय गाउँ कार्यपालिकाले गरेको होे”, उहाँले भन्नुभयो ।

उक्त परियोजनाअन्तर्गत गोदाम, बीउ सुकाउने प्लेट फर्म, स्टोर भवन, तीन कोठासहितको कार्यालय, पर्खाल र खानेपानी र शौचालय निर्माण गरिने छ । गाउँपालिकाले केन्द्र निर्माणका लागि पहिलो चरणमा रु ४० लाख बजेट विनियोजन गरेको छ ।

भण्डारण केन्द्रमा भण्डै ३०० मेट्रिक टन बीउ भण्डारण गर्न सकिने छ । केन्द्रले बीउ भण्डारण, प्रशोधन, उत्पादन गरी अन्यत्रसमेत बिक्रीका लागि निर्यात गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । भण्डारण केन्द्रमा धान, गहुँ मुख्य बालीका रुपमा राखिनेछ भने मकै र मसुरो पनि भण्डारण गरिने जनाइएको छ ।

गाउँपालिकाले कृषि बाली सिँचाइका लागि सोही स्थानमा बोरिङसमेत जडान गरेको छ । बोरिङले किसानलाई खेतबारी सिँचाइका साथै गाउँटोलवासीका लागि खानेपानीको सुविधासमेत विस्तार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको कोटहीदेवी माताको मन्दिर भत्किएर जीर्ण अवस्थामा रहेकाले पुनःनिमार्णको काम थालिएको छ ।

दूध आयातमा पूर्ण रोक 

बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ । नेपालगञ्ज भन्सारले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाएपछि यहाँका दूध उत्पादक कृषक खुसी भएका छन् ।
केन्द्रीय नीतिअनुसार नेपालगञ्ज भन्सारले मुख्य भन्सार विन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो ।

यसअघि भन्सारको मूलद्धारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो । भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com