ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव झामाथि कुटपीट गर्ने मन्त्री यादवमाथि कडा कार्वाही गर्न माग


admin
पुस ३०, २०७५ सोमबार  ४ : २५ बजे

काठमाडौं,३० पुस । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन-पत्र बुझाएका छन ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपीट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका हुन ।

आईतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए । सो घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले सो सम्बन्धमा सत्यतथ्य छानवीन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानवीन समिति गठन गर्न र दोषीलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका हुन ।

कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कार्वाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताउनु भयो ।

कर्मचारीहरुमाथि पटक–पटक दूव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । उपाध्यक्ष पोखरेलले कार्य क्षेत्रमा कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

यता, मन्त्री पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सो घटनाका सम्बन्धमा छानवीन गर्न प्रदेश २ को सरकारले छानवीन समिति गठन गरेको उल्लेख गर्दै सो प्रतिवेदन आएपछि दोषीमाथि कडा कार्वाही गर्ने बताउनु भएको हो । मन्त्री यादवले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकि नराख्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले सो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

त्यस अवसरमा मन्त्री पण्डितले कार्य क्षेत्रमा कर्मचारीहरुको सुरक्षा दिने कुरामा ढुक्क हुन पनि कर्मचारी संघ, संगठनका नेताहरुलाई आग्रह गर्नु भयो । प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com