ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती


admin

इलाम, २९ पुस । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ ।

काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बस्नुभएको छ ।

काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थाल्नु भएको हो । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गर्नुभएको हो । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ । प्रा डा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बस्नुभएको यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो ।

प्रा डा केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उहाँका निकट सहयोगी धर्म गौतम बताउनुहुन्छ । चाँडै सङ्घीय संसद्ले प्रा डा केसीका मागलाई विधेयकमा समेट्ने अपेक्षा गरिएको गौतमले बताउनुभयो ।
थापाले काठमाडौंँ उपत्यका बाहिर इलामलगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । यो मागले समेत प्रा डा केसीलाई चुनौती दिएको छ ।

प्रा डा केसी उपत्यका बाहिरसमेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा हुनुहुन्छ । प्रा डा केसीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही हुनुपर्ने भनी अनशनको मागपत्रमा उल्लेख गर्नुभएको छ । थापाले बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहन गर्न पन्तका हत्यारासहित सबै दोषीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।

नेपालमा एमडी तथा पिजी क्लासको दरबन्दी कम्तीमा एक हजार ५०० पु¥याउने व्यवस्था तत्काल गर्न, अध्ययनका लागि वर्षेनी विदेशिने रु ७० अर्ब रोक्नका लागि प्लस टुमाथिको शिक्षा निःशुल्क गर्न, बङ्गलादेशबाट चिकित्सा विषय पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परी मृत्यु भएका १८ जनाको परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, खाडी मुलुकमा रगत र पसिना बेच्न बाध्य नेपालीलाई स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्न आमरण अनशन बस्नुभएका थापाको माग छ ।

इलाममै जन्मनुभएका थापाले आफ्ना बुवा भूतपूर्व नेपाली सैनिक भएको र आफू विभिन्न सामाजिक अभियानमा पहिलेदेखि नै निरन्तर लागिरहेको राससलाई बताउनुभयो ।

स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष बैशाख १३ गते काठमाडौंँको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको जानकारी उहाँले दिनुभयो ।

इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलूस निस्कन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com