ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनै तहका निजामती सेवा ऐन पारित गरेर मात्र समायोजनमा जानुपर्ने


admin

चितवन, २९ पुस । नेपाल निजामती कर्मचारी सङ्गठनको पाँचौँ केन्द्रीय बैठकले निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गरिनुपर्नेमा जोड दिएको छ ।

पुस २७ र २८ गते यहाँ बसेको बैठकले कर्मचारी समायोजन भई जाने सेवामा ऐनबिना समायोजन प्रक्रिया अन्योल हुने भएकाले ती ऐन जारी गरेर मात्र समायोजनमा जानुपर्नेमा जोड दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सङ्गठनले हाल कार्यरत कर्मचारीको ज्येष्ठता सूची र दरबन्दी विवरण सार्वजनिक गरी ज्येष्ठताका सम्बन्धमा दाबी विरोधको समय उपलब्ध गराइनुपर्र्नेे र अन्तिम ज्येष्ठता सूची प्रकाशन गरेरमात्र कर्मचारीलाई फारम भर्ने सयम उपलब्ध गराउन पुनः एक महीना म्याद थप्नुपर्ने माग गरेको छ ।

प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा नियमावलीमा प्रतिभावान् जनशक्तिलाई देशभित्रै सेवा गर्ने अवसर सिर्जना गर्न राजपत्राङ्कित द्वितीय श्रेणीमा विश्वविद्यालयबाट उत्कृष्ट अङ्कल्याउनेहरू बीच मात्रै प्रतिस्पर्धा गराई सेवा प्रवेशको व्यवस्था गर्नुपर्ने माग बैठकले गरेको छ ।

यसैगरी निजामती सेवालाई चुस्त, दुरुस्त, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन कार्यालयमा आउने सेवाग्राहीलाई टोकन प्रणाली लागू गर्न, नीतिगत भ्रष्टाचार तथा कार्यान्वयन प्रक्रियामा हुने भ्रष्टाचारलाई कारवाहीको दायरामा ल्याई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन, ‘राष्ट्रसेवक हाइड्रो कार्यक्रम’ शीघ्र अघि बढाउन पनि बैठकले जोड दिएको छ ।

यसैगरी उच्चस्तरीय तलब आयोग गठन गर्न, वैदेशिक तालीम, अध्ययन, अवलोकन भ्रमण, मनोनयनलाई, पारदर्शी र समावेशी बनाउन सबै तहमा रहेका कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी त्यसलाई कार्य मूल्याङ्कनसँग अन्तरसम्बन्धित गर्न विद्यमान ऐन कानूनमा परिवर्तन गर्न पनि जोड दिएको छ ।

पत्रकाहरूको जिज्ञासामा सङ्गठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा र महासचिव रेवन्त गौतमले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरवहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ट्रेड युनियन खारेज नहुने आश्वासन दिनुभएकाले खारेजीको विषय बाहिरी हल्ला मात्र भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com