ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशोधन कारखानामार्फत मालिक बन्दै किसान


admin
मंसिर ८, २०७५ शनिबार  ४ : ४१ बजे

मङ्गलबारे, ८ मङ्सिर ।  हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् ।

जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन कारखाना खोल्न लागिपरेका हुन् । सहकारीमार्फत खुलेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पु¥याउने लक्ष्यका साथ नाशामार्फत अग्र्यानिक प्रमाणीकरण लिने क्रम पनि शुरु गरिएको छ ।

चिया अग्र्यानिक हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाको निर्यात बढ्ने तीनजुरे चिया कारखानाका व्यवस्थापक सोमनाथ शर्माको भनाइ छ । देशभरमा सहकारीमार्फत ३१ कारखाना खुलेका छन् ।

झापामा खुलेका चार वटाबाहेक सबै अग्र्यानिक छन् । सहकारीबाट खुलेकामध्ये इलाममा आठ वटा कारखाना छन् भने बाँकी पाँचथर, धनकुटा, ललितपुरलगायत जिल्लामा सञ्चालन भइरहेका छन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले यस्ता कारखानाले कृषकलाई उचित मूल्य दिने गरी सहकारीकर्मी किसानलाई एकताबद्ध गर्दै बजारीकरणमा सघाउने सङ्घको उद्देश्य रहेको बताउनुभयो ।

देउमाई नगरपालिका–३ राँकेटारमा चिया किसानको सक्रियतामा सहकारीमार्फत चिया प्रशोधन कारखाना स्थापना गरिएको छ । यहाँ १६१ जना कृषक सदस्य रहेको उच्च पहाडी चिया उत्पादक सहकारी संस्थाले कारखाना सञ्चालनमा ल्याएको हो । कारखानाका लागि सहकारीमा आबद्ध किसानले रु एक करोड लगानी गरेको हो । सो कारखानालाई उन्नति समावेशी वृद्धि कार्यक्रमले रु ५० लाख आर्थिक सहयोग गरेको छ ।

दैनिक एक हजार ५०० किलोग्राम हरियो चियापत्ती प्रशोधन गर्ने क्षमता रहेको कारखानाका अध्यक्ष थीरकुमार राउतले बताउनुभयो । सहकारीले नासा अन्तर्राष्ट्रिय अग्र्यानिक प्रमाणीकरण निकायबाट अग्र्यानिक प्रमाणित गरिसकेको छ । वार्षिक ३० हजार किलो तयारी चिया उत्पादन गर्ने कारखानाले लक्ष्य लिएको छ ।

सूर्योदय नगरपालिकाको बरबोटे, फाकफोकथुमको तीनजुरे, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाबीचको तालगाउँमा सहकारीमार्फत चिया प्रशोधन कारखाना खुलेका छन् । सहकारीमार्फत जिल्लामा खुलेका चिया कारखानामा किसानको लाखौँ लगानी छ ।

यहाँको उत्पादन अझै पनि भारतमुखी बजारमा निर्भर रहेकाले कृषकलाई उपयुक्त मूल्य दिन नसकिएको बताइएको छ । जिल्लामा सञ्चालित अर्थोडक्स चिया कारखानाले आन्तरिक र पश्चिमा बजारमा केही तथा बाँकी चिया भारतको कोलकत्तामा बिक्री गर्दै आएका छन् ।

“भारतमुखी बजारको विकल्पको खोजी नगरिएसम्म अझै पनि मुस्किल छ”, इलामेली चिया सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले भन्नुभयो, “कारखाना निर्माणका सबै प्रक्रिया सकेर सहकारी बजारको खोजीमा छ ।

” फाकफोकथुमको तीनजुरे चिया कारखानाले अग्र्यानिक उत्पादन विदेश निर्यात गरिरहेको छ । यसपटक कारखानाले करीब ५०० किलोग्राम तयारी चिया जर्मनी, नेदरल्याण्डलगायत तेस्रो मुलुकमा बिक्री भएको कारखानाका व्यवस्थापक सोमनाथ शर्माले बताउनुभयो ।

अहिले जिल्लामा साना ठूलागरी १०० धेरै चिया कारखाना सञ्चालनमा छन् । कारखानाको क्षमताअनुसार उत्पादन क्षेत्र नबढ्नु, प्रतिष्पर्धा तीव्र हुनु र सीमापारि दार्जिलिङतर्फ हरियो चियापत्ती निकासी भइरहनुजस्ता कारणले अधिकांश कारखानाले क्षमताअनुसार चियापत्ती प्रशोधन गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com