ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

श्रममा बालबालिकाको प्रयोग घट्दै


admin
मंसिर ८, २०७५ शनिबार  २ : २७ बजे

तेह्रथुम, ८ मङ्सिर । तेह्रथुमको म्याङलुङ नगरपालिका–६, सुर्केमा रहेको नवजीवन दुग्ध उत्पादक सहकारी संस्थामा ९१ जना किसानले दूध बेच्छन् । सहकारीमा पनि किसानकै शेयर लगानी छ ।

सहकारीले शेयर सदस्य किसानको आर्थिक उन्नतिका लागि आफ्नै दुग्ध चिस्यान केन्द्र र सङ्कलन केन्द्रबाट दूध जम्मा गरी बजारसम्म पु¥याउने व्यवस्था गरेको छ । केही वर्ष अघिसम्म सहकारीको दूध सङ्कलन केन्द्रमा दूध जम्मा गर्न घरबाट सात वर्षे बालकदेखि १५ वर्षे किशोरकिशोरीसमेत आउँथे ।

कहिले लडेर बाटैमा दूध पोखाउँथे, त कहिले दूध बोक्ने भाँडो कुच्याएर आउँथे । दूध बोक्न र घरेलु काममा बालबालिकाको प्रयोग सबैले गर्थे । घरैका काममा आफ्ना नानीहरु लगाउनु अभिभावकका लागि पनि सामान्य जस्तै थियो ।

घरको कामकै कारण कतिपय बालबालिका विद्यालय समेत जाँदैनथे । सहकारीका अध्यक्ष पहलमान तिम्सिना भन्नुहुन्छ, “बिहान दूध सङ्कलन गर्ने बेला त सहकारीमा केटाकेटीमात्रै हुन्थे, बाबुआमा अरु नै काममा जान्थे ।” तर अहिले परिवेश बदलिएको छ ।

सहकारीमा दूध सङ्कलन गर्न केटाकेटी प्रायः आउँदैनन् । दूध दुहुने र जम्मा गर्ने काममा घरमुली नै लाग्न थालेका छन् । दूध सङ्कलन गर्न केटा केटीलाई लगाउँदा उनीहरुको पढाइ बिग्रने र बालविकासमा समेत असर पुग्ने भएकाले केटाकेटीको प्रयोग गर्न छाडिएको सहकारीको दूध सङ्कलन केन्द्रमा भेटिएका किसान देवीभक्त आपगार्इंले बताउनुभयो ।

आफ्नै छोराछोरीलाई काममा लगाउनु नहुने ? भन्दै गाली गर्ने अभिभावकको सोच बदलेर बालबालिकालाई काममा लगाउने क्रमको अन्त्य गरिएको सहकारीका अध्यक्ष तिम्सिना बताउनुहुन्छ । “अभिभावकको सोच पुरानो थियो, केटाकेटीलाई काममा होइन, पढ्न दिनुपर्छ भन्ने बुझाइ भएपछि अहिले त्यस्तो छैन”, व्यवस्थापक ठाकुरप्रसाद आपगाईंले भन्नुभयो ।

सहकारीमा दूध जम्मा गर्ने मात्रै होइन, घरमा गाईबस्तुलाई घाँस काट्ने, खोले दिने, सोत्तर लगाउने, भाँडा सफाइ गर्ने लगायतका काममा समेत केटाकेटीको प्रयोग गर्न छाडिएको किसान तेजप्रसाद आपगाईंले बताउनुभयो । घरेलु काममा समेत बालबालिकाको प्रयोग गर्न छाडिएपछि केटाकेटीको पढाइसमेत राम्रो भएको छ ।

गाउँ नजिकैको विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि गाउँका नानीहरुले कामको सट्टा पढाइमा ध्यान दिन थालेका स्थानीय सरस्वती आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक तथा किसान श्रीकृष्ण दाहालले बताउनुभयो । उहाँले भन्नुभयोे, “पहिले घरको कामले केटाकेटी स्कूल आए पनि कापी किताब र गृहकार्य हँुदैनथ्यो, तर अहिले पढाइ राम्रो भएको छ, समयमा स्कूल आउँछन्, गृहकार्य र कापीकिताब झोला पनि साथै लिएर आउँछन् ।”

म्याङलुङ नगरपालिकामा मात्रै अन्य स्थानीय तहमा पनि घरेलु काममा बालबालिकाको प्रयोग घटेको छ । अहिले दुग्ध क्षेत्रमा बालबालिकाको प्रयोग शून्य जस्तै रहेको दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घका अध्यक्ष बुद्धि खुलालले बताउनुभयो ।

“दुग्ध सहकारी संस्थामार्फत नै हामीले बालबालिकाको प्रयोग नगर्न सन्देशसहित सचेतनामूलक कार्यक्रम सञ्चालन ग¥यौँ, जसको राम्रो प्रभाव परेको छ”, उहाँले भन्नुभयोे । दूध बोक्ने, घाँस काट्ने, खोले बनाउने, दूध दुहुनेलगायत काममा बालबालिकाको प्रयोग हुन छाडेको उहाँको दाबी छ ।

जिल्लामा व्यावसायिक प्रतिष्ठान र सङ्घ संस्थामा बालश्रमिकको प्रयोग गरिएको छैन । ती क्षेत्रमा बालश्रमिकको प्रयोग नगर्न अधिकारवादी सङ्घ संस्था र मानवअधिकारकर्मीले वकालत गर्छन् । ती बालबालिकाको पढाइका लागि विभिन्न निकायले पहलसमेत गर्ने गरेका छन् । तर आफ्नै घरमा शारीरिक क्षमताभन्दा बढी काम गर्दै आएका बालिबालिकाको हकमा कसैले पनि पहल गर्ने गरेको थिएन । आफ्नै घरमा काम गर्ने बालबालिका सबैभन्दा धेरै कृषि क्षेत्रमा नै प्रयोग हँुदै आएका थिए ।

जिल्लामा कृषि क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा बालश्रमिकको सङ्ख्या घट्दो रहेको जिल्ला बाल कल्याण समितिका अध्यक्ष किशोरचन्द्र दुलालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निरन्तर अभियानमा छौँ, अन्य दातृ निकायको पनि सहयोग छ, बाल अधिकार सुनिश्चित गर्न अभिभावक पनि सकारात्मक बनिरहेका छन् ।”

समितिसहित अन्य सरोकारवाला निकायको निरन्तर अनुगमन, बालश्रम न्यूनीकरणका कार्यक्रम, बालश्रमिकको उद्धार तथा पारिवारिक पुनःस्थापनालगायत कारणले बालश्रमिक घटिरहेका उहाँको दाबी छ ।

पछिल्लो समय बालबालिकालाई श्रम गराउनु हुन्न भन्ने चेतना फैलनु बालश्रमिकका रूपमा कार्यरत बालबालिकाको अवस्थाअनुसार पारिवारिक वा बालगृहमा पुनःस्थापना गरिनुलगायत कारणले पनि बालश्रमिक घटिरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताउनुभयो । जिल्लामा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभियान र दिवसमा समेत बालश्रमविरुद्ध जिल्लाव्यापी अभियान सञ्चालन गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको निकृष्ट बालश्रम निर्मूलनसम्बन्धी महासन्धि नं १८२ लाई अनुमोदन गरेको स्मरणमा हरेक वर्ष बालश्रमविरुद्धको दिवस समेत मनाउने गरिएको छ । नेपालको संविधान २०७२ को भाग ३ धारा ३९, मौलिक हकअन्तर्गत कुनै पनि बालबालिकालाई श्रममा संलग्न गराउन नपाइने व्यवस्था रहेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर अझै पनि १६ करोड ८० लाख बढी बालबालिका श्रममा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित

रुपन्देही-३ मा ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com