ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक


admin
मंसिर ७, २०७५ शुक्रबार  ४ : ४९ बजे

दाङ, ७ मङसिर । तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ ।

अहिले भवन निर्माण आचारसंहिता कार्यान्वयन नगर्ने घरधनीलाई उपमहानगरपालिकाले बिजुली बत्तीको र खानेपानीको सिफारिस नदिनेदेखि घर नक्सापास समेत रोक्का गरिदिने गरेको उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताउनुभयो ।

साविकको नगरपालिका हुँदा नै उपमहानगरपालिकाका धेरै घर नक्सापास नै नभई आफूखुशी निर्माण भएका थिए । विनाशकारी भूकम्प आउनुअघि नै साविकको नगरपालिकाले २०७१ साउन १ गतेदेखि भवन निर्माण आचारसंहिता निर्देशिका जारी गरी कार्यान्वयन गरेको थियो ।

तर अहिलेसम्म उपमहानगरपालिकाभित्र रहेका पक्की घरमध्ये झण्डै ३० प्रतिशत घर मात्र भूकम्प प्रतिरोधात्मक रहेको इञ्जिनीयर योगीले जानकारी दिनुभयो । “तुलसीपुरमा पुरानो संरचना धेरै छन, पछि निर्माण गरिएका भवनमा निर्माण सामग्री राम्रो प्रयोग भएपनि घर बनाउने तरिका नजानेका कारण भवन भूकम्प प्रतिरोधात्मक छैनन्”, उहाँले भन्नुभयो ।

हाल उपमहानगरपालिकाभित्र ३१ हजार घरधुरी रहेका छन् । ती मध्ये कम्तीमा छ हजार घर पक्की र अन्य कच्ची रहेको नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । छ हजार घरमा कम्तीमा पनि ३० प्रतिशत घरमात्र भुकम्पप्रतिरोधात्मक रहेको उपमहानगरपालिकाले जनाएको छ ।

“पछिल्ला समयमा निर्माण हुने घरहरुले आचारसंहिता पालना गरेका छन् तर केही वर्ष पहिलेका घर र हाल उपमहानगरपालिका भइसकेपछि थपिएका साविकका गाविसमा निर्माण भएका केही पक्की घरले नक्सा पास नगरी निर्माण गरेका छन्”, खरेलले भन्नुभयो ।

उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता कार्यान्वयनलाई अक्षरशः पालना गर्न आम नागरिकलाई अनुरोध गरिएको बताउनुभयो ।

उहाँले आफूखुशी मापदण्ड नपु¥याई घर निर्माण गर्दा भूकम्पीय जोखिम बढ्नसक्ने, जीउज्यानको सुरक्षामा खतरा बढ्ने र आर्थिक लगानी पनि त्यसै खेर जाने गरेको भन्दै सबै खतराबाट आम नागरिकलाई बचाउने उद्देश्यले भवन निर्माण आचारसंहितालाई कडाइ गर्ने योजना ल्याइएको जानकारी दिनुभयो ।

उहाँले अब केही दिनभित्रै उपमहानगरपालिका भित्रका घरको अभिलेखीकरण गर्ने तयारी भएको बताउनुभयो । त्यसबाट एउटा निश्चित् तथ्याङ्क आउने र ती घरलाई के कसरी सुरक्षित गराउने भन्ने बारेमा उपयाय खोजिने उहाँको भनाइ छ ।

आचारसंहिता कडाइका साथ लागू गर्न उपमहानगरनगरपालिकाले बर्सेनि यहाँका विभिन्न दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नगरवासीसँग छलफलसमेत गरिरहेको छ ।
त्यसैगरी उपमहानगरपालिकाले यस क्षेत्रका निर्माणकर्मी तथा डकर्मी व्यवसायीलाई पनि पटक/पटक भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि तालीम दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

सम्बन्धित

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

राहदानी वितरण केही साता बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com