ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरका विद्यालयको शिक्षामा गुणस्तर ल्याइने


admin

 काठमाडौं,७ मङसिर । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउने भएको छ । आज काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको काठमाडौं महानगरीय शिक्षा रुपान्तरण अभियानअन्तर्गतको ‘सुधार–सोच’ निर्माण गोष्ठीमा महानगरले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याई निजी विद्यालयको दाँजोमा पु¥याएको भएको हो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विद्यालयको शिक्षामा गुणस्तर ल्याउन विभिन्न कार्यक्रम ल्याउन थालेको जानकारी गराउनुभयो । ‘‘शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा हामी अहिले छलफल गरिरहका छौँ’’ उहाँले भन्नुभयो, ‘‘हामी निजी विद्यालयको स्तरमा सामुदायिक विद्यालयको शिक्षा बनाउछौँ ।’’

नगरभित्रका केही सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भन्दै उहाँले ती विद्यालयको अनुशरण गरी अरु विद्यालयले सिक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई एक अर्कामा प्रतिस्पर्धात्मक बनाई राम्रा विद्यालयलाई पुरस्कृत समेत गरिने जानकारी गराउनुभयो ।

केही प्रधानाध्यापकले बुझ पचाएर विद्यालयलाई राम्रो गर्न नसकेको भन्दै उहाँले विद्यालयको अनुगमन गरी विद्यालयको शिक्षामा सुधार गर्न जिम्मेवार समेत बनाइने बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले नीति नियम र पाठ्यक्रममा संशोधन गरी विद्यालयको शिक्षामा गुणस्तर ल्याइने बताउनुभयो । गुणात्मक शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गुणात्मक शिक्षामा जोड नदिने हो भने अहिले सिकेका कुरा भोलि बिर्सने समेत बताउनुभयो ।

उहाँले महानगरले आफ्ना विद्यालयलाई आधुनिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने नमूना विद्यालय बनाउने धारणा राख्नुभयो । प्रशासनिक अधिकृत कोइरालाले विद्यालयमा भएका स्रोत साधनको अत्यधिक प्रयोग र शिक्षकमा भएको ज्ञानलाई प्रयोग गरेर शिक्षा सुधार गरिने बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालयको सुधार शिक्षकबाट मात्र सम्भव भएकाले शिक्षा सुधार गर्ने अभिप्रेरणा शिक्षकमा हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा सुधारका नीतिगत समस्यालाई समाधान गदै शिक्षामा गुणस्तरल्याई प्रतिस्पर्धी शिक्षा बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले महानगरले विद्यालयको शिक्षाको गुणस्तर बढाउने योजना ल्याएको भन्दै त्यस अनुसार काम नगर्ने प्रधानाध्यापकलाई कारवाही गरिने जानकारी गराउनुभयो ।

अबको शिक्षा गुणस्तर र प्रतिस्पर्धी हुनपर्नेमा जोड महानगरको रहेको भन्दै त्यसको लागि प्रधानाध्यापक र शिक्षकको तयार हुनुपर्ने बताउनुभयो ।

शिक्षाको गुणस्तर ल्याउनका लागि अवकाश प्राप्त शिक्षकबाट पनि स्वमसेवी शिक्षकको रुपमा परिचालन गर्ने योजना महानगरको रहेको बताउनुभयो । उहाँले महानगरभित्रका सामुदायिक विद्यालयको एकरुपता समेत ल्याइने बताउनुभयो । गोष्ठीमा काठमाडौँ महानगरअन्तर्गतका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com