ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै


admin

वीरगन्ज,७ मङ्सिर । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् ।

यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए ।

यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा अधिकारीलाई समेत चुनौती थपिन गएको छ ।

प्रदेश नं २ मा बढ्दै गएको बलात्कारको घटनालाई चुनौतीको रुपमा लिएर यसलाई रोक्न सुरक्षाकर्मीलाई सम्बेदन भएर लाग्न निर्देशन दिएको प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले राससलाई भन्नुभयो, “बढ्दो बलात्कारको घटना हाम्रो लागि ठूलो चुनौती भएकाले यसलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।’’

इन्सेकको तथ्याङ्कअनुसार धनुषामा नौ महीनामा सातजना बालिका र दुईजना महिला बलात्कारको शिकार भएका छन् । यस अवधिमा १० जना महिलामाथि यौन दुव्र्यवहार गरिएको हो । गत वर्षको सोही अवधिमा पाँच बालिका र एक महिला बलात्कारको शिकार भएका थिए ।

त्यस्तै महोत्तरीमा नौ महीनामा छ जना बालिका र दुई महिला बलात्कारको शिकार भएका छिन् भने तीनजना महिलामाथि यौन दुरव्यवहार गरिएको हो । गत वर्ष चार बालिका र छ महिला बलात्कृत भएको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी सप्तरीमा नौ महीनामा २५ बालिका र नौ महिला बलात्कृत भएका छन् भने १८ महिलामाथि यौन दुव्र्यहार गरिएको थियो । गत वर्षको सोही अवधिमा ११ जना बालिका र १० जना महिला बलात्कारको शिकार भएका थिए ।

सर्लाहीमा नौ महीनामा तीन बालिका र तीन महिला बलात्कृत भएका छन् भने गत वर्ष आठ बालिका र तीन महिला बलात्कारका शिकार भएको प्रहरीले जनाएको छ ।

सिरहामा नौ महीनामा १६ जना बालिका र आठजना महिला बलात्कृत भएका छन् भने ३२ जना महिलामाथि यौन दुव्र्यवहार भएको छ । गत वर्ष २२ बालिका र तीन महिला बलात्कृत भएका थिए ।

त्यसैगरी बारामा चार बालिका र दुई महिला बलात्कृत भएका छन् भने दुई जनामाथि यौन दुव्र्यवहार भएको थियो । गत वर्षमा पाँचजना बालिका बलात्कृत भएका थिए भने एक महिलामाथि बलात्कारको प्रयास भएको थियो । पर्सामा नौ महीनामा दुई महिलासहित सात बालिका बलात्कृत भएका छन् भने दुई जनामाथि यौन दुव्र्यवहार भएको प्रहरीले जनाएको छ ।

प्रदेश नं २ को सरकारले एकातर्फ ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडि ल्याएको छ भने अर्कोतिर बालिका बलात्कारको घटना बढ्दै गएकामा अधिकारकर्मीले चिन्ता व्यतm गरेका छन् । समाज चेतनशील नभएकाले यस्ता घटना हुने गरेको उनीहरुको भनाइ छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्राध्यापक श्यामसुन्दर शशीले कडा कानून हुँदाहँुदै कार्यान्वयन पक्ष फितलो भएकाले समाजमा यो घटना बढ्दै गएको बताउनुभएको छ ।

पर्साका अधिवक्ता रामनारायण कुर्मीले अशिक्षा, गरीबी, जनचेतना तथा कानूनी पहुँचका कारण महिला बलात्कारको शिकार हुँदै आएको बताउनुहुन्छ । उहाँले, ‘पीडितभन्दा पीडक बलियो भएकाले न्यायमा पीडितको पहुँच नहुँदा समाजमै यस्ता घटना मिलाउने गरेकाले पनि अपराधीलाई मनोवल बढ्न गएको बताउनुभयो ।

बलात्कृत महिला प्रहरी समक्ष जाँदा सजिलैसँग आफ्ना कुरा राख्न असमर्थ हुनु, मुद्दा दायर गर्न नसक्नु लगायतको कारणबाट पीडित महिला प्रशासन नजिक जान चाहँदैनन् । स्थानीय निकायमा गठन भएको न्यायिक समिति समेत उदासिन रहेकाले यस्ता घटनाले प्रश्रय पाउँदै गएको छ ।

प्रदेश नं। २ मा बढ्दै गएको मादकपदार्थ सेवन, घरमा शौचालय भएपनि खुल्ला चौरमा शौच गर्न जाने प्रचलन रहनु, एक्लै घाँसपात गर्न जाने तथा विद्यालय तथा मेला हेर्न जानु, जनचेतनाको अभाव, फितलो कानुन कार्यान्वयन, प्रहरी प्रशासनले पीडितप्रति सहनुभूति नराख्नुजस्ता कारणले बलात्कारको घटना बढ्दै गएको सामाजिक अभियन्ताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com