ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्र्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि


admin

 

नारायणपुर, ६ मङ्सिर । दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका आठ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिनुभएको छ ।

प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर तुलसीपुर सुकौरा क्षेत्र र दङ्गीशरण गाउँपालिकाको बबई दोभानबाट आठ वटा ट्र्याक्टर नियन्त्रणमा ल्याउनु भएको हो ।

प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले दङ्गीशरण गाउँपालिकाको बबई नदीको दोभान क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहको चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो भने उपप्रमुख पौडेलको नेतृत्वमा गएको अर्को टोलीले तुलसीपुर उपमहानगरपालिकाको सुकौरा क्षेत्रबाट अवैध उत्खनन गरिरहेका चार वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ट्र्याक्टरलाई प्रहरीको जिम्मा लगाएको छ । “दाङका खोला तथा नदीबाट ढुङ्गा उत्खनन गर्ने काम रोकिएन ।” समन्वय समितिका प्रमुख नेपालीले भन्नुभयो, “अब आफैँ खोलामै पुगेर रङ्गेहात पक्राउ गर्ने र नियन्त्रणमा लिनको लागि हामी आफैँले सक्रियता देखाएका छौँ ।”

पक्राउ परेका ट्र्याक्टरलाई जरिवाना गरेर छोड्दै आएको छ तर अब पक्राउ परेका ट्र्याक्टर तथा मेशिन र संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान शुरु गरिने प्रमुख नेपालीले बताउनुभयो ।

 

जनप्रतिनिधिको टोलीले तुलसीपुर र दङ्गीशरणको खोला र बबई नदीका १७ स्थानमा प्रारम्भिक वातावरणीय परीक्षणको लागि अनुगमनसमेत गरेको छ । स्थानीयतहले प्रारम्भिक वातावरणीय परीक्षणको लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरेपछि समन्वय समितिले स्थलगत अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com