ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गाैला फेरे पनि चरा देखाउने पेशा फेरिएन


admin

काठमाडौं,५ मङसिर । चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । विसं २०७१ पुसको कुरा हो ।

“यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन”, गिरीले त्यो क्षण सम्झँदै भन्नुभयो, “आज पुरानो पेशामा पुनः फर्किन पाए, मैले नयाँ जीवन पाए ।”

चौबीस वर्षअघि पर्यटन क्षेत्रको पथप्रदर्शकको तालीम लिएपछि गिरी जङ्गलमा चरा देखाएर पर्यटक डुलाउने पेशामा लाग्नुभयो । पेशा चल्दै गर्दा २०७१ पुसमा दुवै मिर्गौलाले काम गर्न छाड्यो । उहाँले हरेस खानुभएन । घरपरिवारले केही हुन्न भनेर सम्झाइरहन्थे । उहाँको मिर्गौला फेरियो तर पर्यटकलाई चरा देखाउने पेशा भने फेरिएन ।

गिरी अहिले पनि पहिला जस्तै चराको खोजअनुसन्धान, अनुगमनदेखि पर्यटकलाई चरा घुमाउन जङ्गल जङ्गल धाउनु हुन्छ । “बिरामी हुनुअघि र पछिको काममा कुनै फरक छैन,” उहाँले भन्नुभयो, “मासिक रु १८ हजारदेखि रु २० हजारको औषधि लिएर काममा खटिनुपर्छ ।”

यसपटक उहाँलाई तिहारमा समेत फुर्सद भएन । गोबद्र्धन पूजाको दिन उहाँ आइविसविल चरा देखाउन दुई अष्ट्रेलियन नागरिक क्लाइड र पिटरलाई लिएर मकवानपुरको राप्ती खोला पुग्नुभयो । भाइटीकाको दिन दुई हजार ८०० मिटर उचाइमा रहेको पोखराको ठूलोखर्क (अष्ट्रेलियन क्याम्प)मा पुगेर पर्यटकलाई चरा देखाउनुभयो । अहिलेको समयमा चरा बसाइँ सरेर सोही बाटो हुँदै नेपाल आउँछन् । चरा हेर्न त्यहाँ ठूलै भीड लाग्छ ।

गिरीले औषधि खान एक कट्ठा जग्गा बेचेर पैसा बैंकमा राख्नुभएको छ । उहाँ त्यसैको व्याजले औषधि खाने गर्नुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि गिरीलाई पर्यटन क्षेत्रमा लागेका स्वदेशी तथा विदेशीले समेत सहयोग गरेका थिए ।

झण्डै रु १५ लाख खर्च गरेर उहाँले आफ्नै भाइ टीका गिरीको मिर्गौला प्रत्यारोपण गर्नुभएको हो । “अहिलेसम्म कुनै समस्या देखिएको छैन,” उहाँले भन्नुभयो ।

हिमाली क्षेत्र जाने गिरीले योजना बनाउनुभएको छ । मिर्गौला प्रत्यारोपण गरेको एक वर्षपछि उहाँले आफ्नो कामलाई निरन्तरता दिनुभयो । अहिले प्रायः उहाँले जङ्गलमै चरा हेरेर समय बिताउने गर्नुभएको छ ।

गिरी भन्नुहुन्छ, “मलाई आत्मविश्वास र परिवारको साथ छ, आत्मविश्वास भयो भने रोगलाई जित्न सकिन्छ भन्ने लाग्छ ।” पर्यटन व्यवसायी शीरलाल परियार उहाँ पुरानै पेशामा फर्किनु नै महत्वपूर्ण कुरा हो भन्नुहुन्छ । सात दाजुभाइका माइला गिरी रोगविरुद्ध आत्मविश्वास जरुरी रहेको सुझाव दिनुहुन्छ ।

जुन चरा देखे पनि फरक लाग्ने, उनीहरुका गतिविधि नै नौलो र चाख लाग्ने भएकाले पर्यटक पथप्रदर्शक हुँदैदेखि चरा देखाउने पेशामा आकर्षित हुनुभएको हो । त्यसैले उहाँ चरा हेर्नकै लागि पर्यटक लिएर ६० जिल्ला पुग्नुभयो । नेपालमा चरा हेर्नकै लागि आउने पर्यटक धेरै छन् । चराले के खान्छ, कस्तो वनस्पति रुचाउँछ, कहाँ गुँड बनाउँँछ, यी सबै कुरामा पर्यटक केन्द्रित हुन्छन् । कतिपय चरा यती सुन्दर हुन्छन्, त्यो हेरेर नै आनन्द लाग्ने उहाँ बताउनुहुन्छ ।

वर्षाैँदेखि हेरे पनि हरेक चरा पटकैपिच्छे नयाँ लाग्ने हुन्छ । त्यही भएर पर्यटक नेपाल आउँछन् । चरा अवलोकनकै क्रममा सन् २०१२ मा उहाँले कोशीमा रेड थ्रोटेट लुन भन्ने चराको अभिलेख गरेको बताउनुभयो ।

नेपाल चरा पर्यटनका लागि आकर्षक गन्तव्य भए पनि सरकारको ध्यान नपुगेको गुनासो उहाँको छ । संरक्षण र प्रचारप्रसार गरी नेपालमा यति धेरै चरा पाइन्छन् भनेर विदेशमा जानकारी दिए चरा पर्यटनको भविष्य राम्रो रहेको उहाँको प्रतिक्रिया छ ।

गिरीलाई शुरुमा उच्च रक्तचाप थियो । उहाँ शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र काठमाडौँमा पुगेर बेलाबेलामा उपचार गर्नुहुन्थ्यो । त्यो बेला उहाँ लुम्बिनी बुद्ध गार्डेन होटलमा चराकै क्षेत्रमा काम गर्नुहुन्थ्यो । पर्यटक घुमाउने क्रममा २०७१ पुसमा खुट्टा सुन्निने तथा हिँड्न गाह्रो भयो । यस्तै अवस्थामा उहाँले काठमाडौँ पुगेर चितवनसम्म पर्यटकलाई ल्याई जङ्गल घुमाउनुभयो ।

त्यसपछि गङ्गालालले किड्नीमा समस्या देखाएपछि वनस्थलीस्थित मिर्गौला प्रत्यारोपण केन्द्रमा परीक्षण गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पुष्टि भयो । “मलाई बाँच्दिन भन्ने लाग्यो,” गिरीले भन्नुभयो, “भाइ टीकाले दाइ नआत्निुस् भनेपछि साहस बढ्यो ।” भाइको मिर्गौला आफ्नोमा प्रत्यारोपण गरिएपछि गिरी पुरानै पेशमा फर्किनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com