ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता


admin
मंसिर ५, २०७५ बुधबार  १० : १० बजे

 

साँखु, ५ मङ्सिर । काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५-७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध क्षेत्रमा ती घटना भएका हुन् ।

चार महीनामा प्रहरीले १५ जना विरुद्ध बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उजुरी दिनेमा आठ वर्षीया बालिकादेखि ६३ वर्षीया महिलासम्म रहेका छन् । कात्तिक २१ गते मुलपानीस्थित क्रिकेट मैदान परिसरभित्र बन्द कोठामा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने एक जना फरार छन् ।

पक्राउ पर्नेमा बर्दिया घर भई क्रिकेट मैदानको पर्खाल निर्माणको काम गर्ने २८ वर्षीय बिखशु थारू, २१ वर्षीय नरेश कुश्मा, २२ वर्षीय राजकुमार थारू, २१ वर्षीय रविन इटनी, १६ वर्षीय राजेश थारू, १९ वर्षीय हरि कुमाल र ३४ वर्षीय डिल्लीराम थारू रहेका छन् ।

यस्तै साउन ११ गते आठ र नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ का ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रहरी कार्यालय बौद्धको तथ्याङ्कअनुसार साउन १९ गते शङ्खरापुर नगरपालिकाका १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शङ्खरापुर नगरपालिकाका ४९ वर्षीय हरि तिमल्सिनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । सोही नगरपालिकाका ६३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भदौ २१ गते शङ्खरापुर नगरपालिकाका ४३ वर्षीय दलबहादुर शाहीलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाएको छ ।

यस्तै भारतको सितामढीका ३५ वर्षीय शम्भु गिरी काभ्रेका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा असोज ४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक माधव चौधरीका अनुसार रामेछापका २८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बू दुधकुण्ड नगरपालिका–६ का २४ वर्षीय दावा तामाङलाई असोज १ गते पक्राउ गरी मुद्दा चलाएको छ । सोही जिल्लाको १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगरका २२ वर्षीय राजन मण्डललाई असोज २८ गते पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहीले खोटाङ र सुनसरी घर भई काठमाडौँ बस्दै आएका दुई बलालिकालाई बलात्कार गरेको अभियोगमा झापा गौरादहका ३९ वर्षीय मदन परियार र धनुषा घर भएका २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–८ का ३१ वर्षीय कवि श्रेष्ठलाई आसोज ४ गते पक्राउ गरी मुद्दा चलाएको छ ।

“चार महीनाको अवधिमा बलात्कारका नौ मुद्दा अदालतमा दर्ता भएका छन्,” चौधरीले भन्नुभयो । बलात्कृत हुनेमा आठ बालिका, दुई युवती र एक महिला रहेका छन् । सबैभन्दा बढी बालिका नै बलात्कृत हुने गरेको पाइएको छ ।

“प्रहरीले निष्पक्ष अनुसन्धान गरे अपराधी पक्राउ गर्न समस्या हुन्न,” अधिवक्ता अस्मिता पोखरेलले भन्नुभयो, “लिभिङ टुगेदरसम्बन्धी कानून नबन्दासम्म समस्या बढ्दै जान्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com