ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुम्ती शिविरबाट बाह्र सय लाभान्वित


admin
मंसिर ३, २०७५ सोमबार  १० : १८ बजे

गलेश्वर, ३ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरि जनयुवा क्लब ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा एक हजार १३ जना लाभान्वित भएका गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । अन्ठाउन्न जनाको मोतियाबिन्दु र आँखाभित्र परेला पसेका चार जनाको शल्यक्रिया गरिएको छ ।

त्यसैगरी कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०६ जनाले गाउँमा नै सरकारी सेवा पाएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र आठ जनालाई प्रतिलिपि नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । बत्तीस जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ ।

अठार जनाको जन्मदर्ता, दुई वटा मृत्यु दर्ता, २३ जना महिला र २३ जना पुरुषको तस्बीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले एक वडा एक हेलिप्याड कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ ।

भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

ताकममा सम्पन्न आँखा शिविरबाट भौगोलिकरुपमा विकट र दुर्गम बस्तीका बासिन्दालाई शिविरले राहत मिलेको मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएका ताकमका उद्धिमबहादुर भण्डारीले बताउनुभयो ।

हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारीको नेतृत्वमा नेदररल्याण्डका विशेषज्ञ चिकित्सक टर्न रोवर्टसनलगायत १४ जना विदेशी र नेपाली स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com