ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात हजार महिला तथा बालबालिकाको उद्धार


admin
मंसिर १, २०७५ शनिबार  १ : ५८ बजे

काठमाडौं, १ मङसिर । नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका हुँदै विदेश बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये तीन हजार ८९६ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा तीन हजार १३३ महिला रहेका छन् । प्रहरीले मानव बेचबिखनका लागि भारत र चीन लाँदै गरेको अवस्थामा उनीहरुलाई देशका विभिन्न नाकाहरुबाट नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी खुला सिमाना भएका कारण नेपालका बालबालिका तथा महिलालाई छिमेकी नाका हुँदै विदेश लैजाने गरेको बताउनुहुन्छ । “नेपाल प्रहरीले महिला तथा बालबालिका उद्धारका लागि विशेष जनशक्ति खटाएर काम गरिरहेको छ,”–उहाँ भन्नुहुन्छ ।

प्रहरीले महिला र बालबालिकाको उद्धारका लागि महिला तथा बालबालिका खोजतलास केन्द्रको स्थापना गरेको छ । सरकारले झापा, काठमाडौँ, सिन्धुपाल्चोक, पर्सा, चितवन, कैलाली र बाँकेमा बेचबिखनमा परी फर्काइएका महिला तथा बालबालिकालाई राख्न पुनःस्थापना गृह समेत सञ्चालनमा ल्याएको छ ।

लामो समयदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था समाज उत्थान महिला मञ्चकी उपाध्यक्ष जानुका ढकाल जनचेतनाको अभाव र गरीबीका कारण महिला तथा बालबालिका प्रलोभनमा परेर बेचिने गरेको बताउनुहुन्छ । आकर्षक जागिर लगाइदिने आशामा ललाइफकाइ गरेर महिला तथा बालबालिकालाई विभिन्न नाकाबाट विदेश लैजाने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कतिपयले नक्कली विवाह गरी प्रहरी र समाजलाई झुक्याएर पनि बेचबिखन गर्ने गरेको उहाँको भनाइ छ ।

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार यौन शोषण गर्न, बाध्यकारी श्रम वा सेवामा प्रयोग गर्न, कमाराकमारी राख्न, मानव अङ्ग झिक्न, मनोरञ्जनमा प्रयोग गर्न, डान्स रेष्टुराँको काममा प्रयोग गर्न, रोजगारी तथा घरेलु काममा प्रयोग गर्न बेचबिखन गर्ने गरेको पाइन्छ । राजनीतिक प्रभावमा पनि मानव बेचबिखनमा संलग्न गिरोहले यस्ता अपराधिक घटना गराउने गरेको उहाँको भनाइ छ । मानव बेचबिखन गर्ने व्यक्तिलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना गर्ने व्यवस्था समेत रहेको छ ।
नेपाल प्रहरीले मुलुकमा हुने बालबालिका तथा महिलालाई बेचबिखनलाई ध्यानमा राखेर मानव बेचबिखन ब्यूरो स्थापना गर्न लागेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पछिल्लो समय समाजमा हुने साइबर अपराध र मानव बेचबिखनलाई ध्यानमा राखेर मानव बेचबिखन र साइवर ब्यूरो स्थापनाका लागि गृह मन्त्रालयमा पेश गर्नुभएको थियो ।

सोहीअनुसार अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ मा मानव बेचबिखन ब्यूरोमा ६० तथा साइबर ब्यूरोमा ७० दरबन्दी रहने गरी बजेट समेत विनियोजन गरेको थियो । सोहीअनुसार प्रहरीले ब्यूरो निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त ब्यूरो स्थापनासँगै महिला तथा बालबालिका बेचबिखनमा कमी आउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com