ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक समितिमा उजुरी न्यून


admin
कार्तिक ३०, २०७५ शुक्रबार  ३ : १२ बजे

रुकुम , ३० कात्तिक ।  जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन । स्थानीय तह बनी न्यायिक समिति गठन भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि जिल्लामा रहेका न्यायिक समितिमा निकै कममात्रामा उजुरी परेका छन् ।

जिल्लामा तीनवटा स्थानीय तह रहेकामा एउटा स्थानीय तह भुमे गाउँपालिकाको न्यायिक समितिमा कुनै पनि उजुरी परेका छैनन् ।

दोस्रो चरणमा असार १४ गते स्थानीय तहको निर्वाचन भएसँगै गाउँपालिकामा न्यायिक समिति गठन गरिएको तर अहिलेसम्म कुनै पनि उजुरी नपरेको न्यायिक समिति संयोजक मनकुमारी बुढा विष्टले जानकारी दिनुभयो । केही समान्य उजुरी भए पनि वडामै मिल्ने गरेकाले न्यायिक समितिमा एउटा पनि उजुरी नपरेको विष्टको भनाइ छ ।

जिल्लाको सिस्ने गाउँपालिकामा रहेको न्यायिक समितिमा हालसम्म सात वटा उजुरी परेका छन् । तीमध्ये दुई उजुरीमाथि छलफल भई मेलमिलाप भइसकेको र बाँकी पाँच उजुरीमाथि छलफल भइरहेको न्यायिक समिति संयोजक गोबरधन बुढाले बताउनुभयो ।

वडामा मेलमिलाप केन्द्र बनेपछि धेरै कुरा वडामै मिल्ने गरेकाले गाउँपालिकामा निकै कममात्रामा उजुरी आउने गरेको उहाँको भनाइ छ । यसैगरी जिल्लाको अर्को स्थानीय तह पुथा उत्तरगङ्गा गाउँपालिकाको न्यायिक समितिमा पनि निकै कममात्रामा उजुरी परेका छन् ।

एक वर्षको अवधिमा पाँच वटा मात्र उजुरी परेको र ती सबै उजुरी फछ्र्यौट भइसकेको न्यायिक समिति संयोजक ओमकुमारी शाही मल्लले बताउनुभयो । कुटपिट र भाडा नदिएको सम्बन्धमा परेका उजुरीमा न्यायिक समिति र प्रहरीको साझेदारीमा मेलमिलाप गराइसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी चेतावनीः इजरायलसहित एक दर्जनभन्दा बढी मध्यपूर्वी देश तुरुन्त छाड्न आग्रह

अमेरिका–इजरायलको इरानमाथि आक्रमण ४–५ हप्ता लम्बिन सक्छः ट्रम्प

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com