ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयमा विद्यार्थीे कम


admin

 

जितपुर, ३० कात्तिक  ।  चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका सात वटा विद्यालयको एउटा कक्षामा १०-१२ जनाभन्दा बढी विद्यार्थी छैनन् ।

जिल्लाका शारदा आधारभूत, मझौवा, जनता आधारभूत पिपरा, वरकटिया आधारभूत बनगवा, जनकल्याण आधारभूत बालापुर, कोठीनदी आधारभूत गोगापुर, सरस्वती आधारभूत ठाटी गजेहडा र कोटीया आधारभूत गङ्गौलियामा विद्यार्थी न्यून मात्रामा अध्ययन गर्दछन् । नेपाल सरकारको विद्यमान शिक्षा नियमावलीअनुसार प्रतिकक्षा बराबर ५० जना विद्यार्थी हुनपर्ने प्रावधान छ ।

वाँणगङ्गा नगरपालिकाभित्र आधारभूत तहका विद्यालयमा मात्र नभई कतिपय माध्यमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको वाणगङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । यी सबै विद्यालयको वास्तविकता पहिचान गरी एकीकरण गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारु बताउनुहुन्छ ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण नगर्दा एकातिर राज्यको स्रोतसाधन दुरुपयोग भएको छ भने अर्काेतिर धेरै विद्यार्थीले शिक्षक नै नपाउँदा पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

नगरमा आधा दर्जन बढी त्यस्ता विद्यालय छन् जहाँ हरेक विद्यालयका तीनदेखि पाँच जना शिक्षकले चार वर्षदेखि आधारभूत तहका सबै कक्षामा गरेर १७ देखि ३० जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।

नगरको यस्तो अवस्थाप्रति चिन्तित हुँदै शिक्षा विकास तथा समन्व्य एकाइका प्रमुख बाबुराम भट्टराईले विद्यार्थी कम भएका विद्यालयलाई एकीकरण गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो । उहाँले यसरी कम विद्यार्थी भएका विद्यालयमा घरदैलौ अभियान वा कुनै कार्यक्रममार्फत विद्यार्थीको आकर्षण पनि बढाउन सकिने बताउनुभयो ।

नगरपालिकाले शिक्षा क्षेत्रका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेर सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण बढाउन ध्यान दिनुपर्नेमा अभिभावकले जोड दिएका छन् । न्यून विद्यार्थी भएका विद्यालयलाई एकीकरण गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चित गर्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रमेश पन्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com