ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित


admin

सङ्खुवासभा, ३० कात्तिक । जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो ।

अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो ।डा युवराज बस्नेत दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेको र डा शैलीका श्रेष्ठ पनि बिदामा हुनुहुन्छ ।

सोमबार खाँदबारी नगरपालिका–४ का प्रसूति सेवाका लागि बिरामी ल्याउनुभएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि उहाँ समस्यामा पर्नुभयो ।

अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावका कारण अन्यत्र लान नसकेको उहाँको गुनासो थियोे । उहाँ मात्र होइन प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका छन् ।

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन । अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुगिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com