ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद्‍का निर्णयमा थप कडाई


एबीसी न्यूज

 

काठमाडौँ , ३० कातिक । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुन सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीहरुले निर्णय सार्वजनिक गरेपछि बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई थप सचेत गराएका हुन् ।

प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनुभएको छ’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सक्नुहुन्छ भने खोजी पत्रकारिता गरेर आजैका निर्णय पनि सार्वजनिक गर्नुस्।’

सरकारका निर्णयलाई थप परिपक्व बनाउने उद्देश्यले सरकारले हरेक साता बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने नीति लिएको उनले बताए। तर मन्त्रिपरिषद्‍ले गरेका निर्णय खोजेर लेख्न भने सरकारले पत्रकारलाई छेकथुन नगरेको उनले प्रस्ट्याए। ‘भएको निर्णय लेख्दा पत्रकार साथीहरुलाई केही कारबाहीचाँहि हुन्न, भएको लेख्नुस्’ पत्रकार सम्मेलनमा ठट्यौली शैलीमा प्रस्तुत भएका मन्त्री बाँस्कोटाले भने, ‘निर्णय नै नभएका विषयमा अनुमान गरेरचाहिँ नलेख्नुस्, खोजी पत्रकारिता गर्नुस्।’

गत आइतबार करिब ४ घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २२ वटा निर्णय गरेको भए पनि त्यो दिन प्रवक्ता बाँस्कोटाले, ‘महत्वपूर्ण निर्णय भएको र विस्तारै थाहा हुने’ मात्र बताएका थिए। उक्त बैठकमा सातामा एक दिन पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि केही मन्त्रीहरुले निर्णयबारे पत्रकारहरुलाई जानकारी दिएका थिए। धेरैजसो निर्णय सार्वजनिक भए पनि केही निर्णय पत्ता लगाउन नसकेकोमा पनि मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई चुनौती दिए।
‘इजरायलको राजदूत फिर्ता बोलाएको त नाम नबताउने शर्तमा तपाई हरु को स्रोतले जानकारी दिएन छ नि तरु’ उनले भने, ‘यो त नयाँ भयो नि आजलाई।’ उनले अबदेखि हरेक बिहीबार सबै मन्त्रालयका प्रवक्तासहित पत्रकार सम्मेलन गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com