ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उधारोमा पढाउँदा शिक्षक हैरान


admin
कार्तिक २९, २०७५ बिहीबार  १० : २५ बजे

जाजरकोट, २९ कात्तिक ।  पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो ।

विद्यालयका शिक्षक रवीन्द्र खत्री र मीना बुढा खत्रीले पनि सात महीनाको तलब पाएका छैनन् । तलब माग्दा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर कतैबाट पैसा ल्याएर तलब दिइने जवाफ विद्यालय प्रशासनले दिने गरेको पीडित शिक्षकले बताएका छन् ।

उद्यारोमा पढाउँदा, पढाउँदा हैरान भएको उनीहरुको भनाइ छ । सोही वडाकै सूर्यकिरण आधारभूत विद्यालयमा पढाउने शिक्षक गोपाल केसी, हिमकुमारी खत्री, लालबहादुर खत्रीलगायतले विगत सात महीनाको तलब पाएका छैनन् ।

लेकबेँसी आधारभूत विद्यालय कार्यखेत, धासाइना आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बारेकोट गाउँपालिका–५ लगायत विद्यालयका शिक्षकले तलब नपाएको बताएका छन् ।

विद्यार्थी र तहअनुसारको शिक्षक दरबन्दी नहुँदा गाउँलेले आफैँ बेहोर्ने गरी राखिएका शिक्षकले तलब खाना नपाएका हुन् । स्थानीय सामुदायिक वन, विद्यार्थी भर्नाबाट उठेको रकम, गाउँलेले उठाएको रकमबाट शिक्षकलाई तलब दिँदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएका छन् ।

कतै विद्यालय निर्माण गर्नका लागि छुट्याएको रकमबाट शिक्षकलाई तलब खुवाएको पनि भेटिएकोे छ । गाउँलेले विद्यालय निःशुल्क निर्माण गरी विद्यालयमा आएको बजेट तलब दिने व्यवस्थासम्म गरेको पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । ऋण काँढेर शिक्षकलाई तलबभत्तासमेत उपलब्ध गराउन बाध्य भएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

सम्बन्धित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

संखुवासभामा एमालेका अर्जुन निरन्तर अगाडि, कसको कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com