ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र निर्माता धिमालको ७२ वर्षको उमेरमा निधन


admin

 काठमाडौं,२६ कात्तिक । निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो ।

हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो ।

उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहनुभएको थियो ।

कात्तिक १६ गते शुक्रबार उहाँले राजधानीको उत्तरपूर्वी भेगका रमणीय स्थललाई समेटेर चलचित्र छायाङ्कान स्थल बनाउने विषयमा छलफल कार्यक्रम आयोजना गर्नुभएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर महादेव मन्दिर, राष्ट्रिय शहीद स्मारक, तारेभीर, श्वेतवाराही, सुन्दरीजल, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी धाम, लोकतान्त्रिक शहीद उद्यान गागलफेदी, चिसापानी, गोल्सेभञ्ज्याङ, चौकीभञ्ज्याङ, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाङ्कन स्थल बनाउने निर्माता धिमालको सपना थियो ।

धिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँको पार्थिव शरीरमा प्रदेशसभा सदस्य फुयाँलले राष्ट्रिय झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको थियो । चलचित्र विकास बोर्ड, चलचित्र छायाँकार सङ्घलगायत संस्थाले पनि आ–आफ्ना झण्डा ओढाइ उहाँप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

स्व धिमालका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्तिम इच्छा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने भएकाले त्यो पूरा गर्न लागिपर्ने प्रदेशसभा सदस्य फुयाँलले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com