ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अढाइ दशकदेखि माछाको व्यापार गर्दै गजुरेल


admin
कार्तिक २५, २०७५ आईतबार  ५ : २० बजे

भीमदत्तनगर, २५ कात्तिक । नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आउनुभएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आउनुभएको छ ।

पहिलो पटक मावली घर आउनुभएका गजुरेलले २०४१ सालमा करीब ४ वर्ष यहाँको महेन्द्रनगर उच्च माविमा कार्यालय सहयोगीको जागिर गर्नुभयो । भीमदत्तनगर बजारको गल्ली नं ३ स्थित फड्मा माछाको व्यापार थाल्नुभएका गजुरेलले अहिले मासिक रु एक लाखभन्दा बढीको कारोबार गर्दै आउनुभएको छ ।

विसं २०४८ देखि नै माछाको व्यापार थाल्नु भएका गजुरेल माछाको व्यापार बढ्दै गएको बताउनुहुन्छ । अहिले उहाँले दैनिक ४० किलोभन्दा बढी माछा बिक्री गरिरहनुभएको छ ।

उहाँले भन्नुभयो, “करीब २७ वर्ष माछाकै व्यापारमा बिताए ।” विसं २०४८ मा उहाँले रु ३५ मा प्रतिकिलो माछा बिक्री गर्नुभयो । गजुरेल भीमदत्तनगरकै पुराना माछा व्यापारी हुन् । “अहिले बजार क्षेत्रमा धेरैले माछा पसल राखिसके,” उहाँले भन्नुभयो, “हामीले शुरुआत् गर्दा दुई पसल मात्रै थिए ।”

माछा बिक्रीको आम्दानीबाट भीमदत्तनगरपालिका–१८ बागबाणीमा उहाँले घर बनाउनुभएको छ । गजुरेलले सो व्यापारबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च चलाउनुभएको छ ।

उहाँले भन्नुभयो, “अहिले मासिक रु २२ हजारदेखि २५ हजारसम्म बचत हुन्छ ।” भीमदत्तनगरमा अहिले माछा प्रतिकिलो रु २२० देखि रु ५५० सम्ममा बिक्री भइरहेको छ । पछिल्ला वर्षमा माछाको उत्पादन जिल्लामै बढिरहेकाले उपभोक्ताले ताजा माछा उपभोग गर्न पाइरहेका छन् । विसं २०५० मा करीब ९० प्रतिशत माछा भारतबाट आयात गरिन्थ्यो । “अहिले ४० प्रतिशत माग स्थानीय उत्पादनले धानेको छ,” गजुरेलले भन्नुभयो ।

विगतमा भारतको खटिमा बजारबाट माछा आयात गरिन्थ्यो । स्थानीय पोखरी तथा महाकाली नदीको माछाको माग बढ्दै गएको छ । “महाकालीको महासेर माछाको माग अत्यधिक छ,” उहाँले भन्नुभयो, “नदीको माछा अलि महंगो हुन्छ ।”

त्यसैगरी भीमदत्तनगरपालिका–१८ बागबाणीका विष्णु कँडेलले माछाको व्यापार थालेको दुई दशक बितिसक्यो । “बुवा हँुदै आफू पनि माछाकै व्यापारमा लागेको हुँ,” उहाँले भन्नुभयो । जाडो याममा माछाको माग धान्नै गाह्रो हुने कँडेल बताउनुहुन्छ । भीमदत्तनगरस्थित बजारमा निर्मल माछा पसल सञ्चालन गर्नुभएका कँडेलले भन्नुभयो, “ मासिक रु ५० हजार आम्दानी भइरहेको छ ।”

जाडो मौसममा केही महिना स्थानीय उत्पादनले धानेपनि पछि भारतबाट माछा आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “यहाँ बाह्रैमास माछा उत्पादन हुँदैन,” उहाँले भन्नुभयो, “गर्मीमा भारतबाट माछा आयात गरिन्छ ।

” यहाँको गोवरिया, खैरभट्टी, लालपुर, सुडा लगायतका क्षेत्रमा उत्पादन हुने माछा भीमदत्तनगर बजारसम्ममा खपत हुन्छ । “कमाउने जग्गा छैन, सबै खर्च माछा बिक्रीबाट चलेको छ,” कँडेलले भन्नुभयो । अन्यत्र गएर दःुख गर्नुभन्दा आफ्नै व्यापार व्यवसाय गर्नु उचित भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com