ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको पूर्वमा चुनाव, पश्चिमा राष्ट्र र किभको विरोध


admin
कार्तिक २५, २०७५ आईतबार  ३ : १८ बजे

एजेन्सी , २५ कात्तिक । विद्रोहीको प्रभाव क्षेत्र मानिएको पूर्वी युक्रेनमा आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पश्चिमा मुलुकहरुले युक्रेनी शान्ति वार्तालाई नोक्सान नगर्न मस्कोसँग पटकपटक आग्रह गरे पनि रुसी समर्थक विद्रोहीले चुनाव गराएका हुन् ।

वासिङ्टन र ब्रसेल्सले युक्रेनको औद्योगिक क्षेत्रहरु रहेको डोनेस्क र लुगान्स्क “जनगणतन्त्र”मा हुने निर्वाचनले द्वन्द्वको शान्तिपूर्ण समाधान गर्ने प्रयत्नमा कठिनाइ आउने बताएका छन् । सन् २०१४ यता भड्किएको पृथकतावादी युद्धका क्रममा १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

युरोपेली युनियनका वैदेशिक नीति प्रमुख फेडेरिका मोघेरिनीले युरोपले यो निर्वाचनलाई अवैध र गैरकानुनी ठहर गर्दै यसलाई मान्यता दिन नसक्ने बताउनुभयो ।

“यो निर्वाचन एक किसिमले लोकतन्त्रमाथिकै मजाक हो,” युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्त भोल्करले बताउनुभयो । गत साता उहाँले भन्नुभएको छ, “हामी रसियालाई यो निर्वाचन रोक्नका लागि आग्रह गर्दछौं ।
” उहाँले यो निर्वाचन पश्चिमा मुलुकहरुको प्रयासमा भएको शान्ति सम्झौताको बर्खिलाप हो भन्नुभयो ।

तर रसियाले यो आग्रहलाई अस्वीकार गरेको छ । रसियाले मतदानले विगतका कुनै पनि सम्झौतालाई असर नगर्ने स्पष्ट गरेको छ ।

मस्कोको भनाइमा गत अगस्टमा डोनेस्क क्याफेमा भएको बम हमलामा डोनेस्क गणतन्त्रका नेता अलेक्जान्डर जाखारचेन्कोको मृत्यु भएपछि रिक्त स्थानमा नयाँ नेतृत्व आवश्यक छ । “मानिसलाई शान्तिसँग बाँच्न र बस्न तथा युक्रेनी अधिकारीहरुले सैन्यबलको प्रयोग गर्ने निरन्तरको धम्की एवं नाकाबन्दीको अवस्थामा शान्ति सुव्यवस्था कायम राख्न नयाँ नेतृत्व आवश्यक छ,” रसियाका विदेशमन्त्रीका प्रवक्ता मारिया जाखारोभाले बताउनुभयो ।

सन् २०१४ मा रसियाले क्रिमियालाई रसियामा गाभेको थियो भने युक्रेनको पूर्वी क्षेत्रमा भड्किएको हिंसालाई समर्थन गरेको थियो । पश्चिमा मुलुकको समर्थन गरेकै कारण युक्रेनमाथि रसियाले यस्तो कदम चालेको युक्रेनको भनाइ छ ।

भिषण युद्ध हालका दिनहरुमा रोकिए पनि सानोतिनो द्वन्द्वले सुरक्षाफौज र आम नागरिकको ज्यान जानेक्रम रोकिएको छैन । विगतमा भएको बहुपक्षीय शान्ति सम्झौताहरु समेत अहिले मृततुल्य अवस्थामा पुगेको विश्लेषकहरुको भनाइ छ ।

जाखारचेन्कोको हत्या पश्चात ३७ वर्षीय डेनिस पुसिलिनले नै यस पटकको चुनाव जित्ने अनुमान गरिएको छ । उनी कट्टर रसिया समर्थक हुन् ।

त्यस्तै लुगान्स्क गणतन्त्रका कार्यवाहक नेता ४८ वर्षीय लिओनिद पासेक्चनिकले लुगान्स्कको चुनाव जित्ने लगभग पक्का छ । दुवै नेताले मस्कोसँगको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने सार्वजनिक घोषणा गरिसकेका छन् ।

डोनेस्कमा भेटिएका पोस्टरहरुमा रसियालाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरिएका छन् ।

तर कतिपय स्थानीयबासीले उम्मेदवारहरुको यस्तो रबैयाप्रति आलोचना गरेका छन् । उनीहरुको मसिनो स्वरलाई सबैले बेवास्ता गरेका छन् ।

एकजना ५० वर्षीय डोनेस्क निवासी युरीले भन्नुभयो, “दुई महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका र रसियाले हाम्रा ठाउँहरु विभाजन गरिरहेका छन् । आशा अझ हराउँदै गएको छ ।”

पछिल्लो पटक सन् २०१४ मा पश्चिमा मुलुकहरु र किभको विरोध भएपनि पृथकतावाद निर्वाचन भएको थियो । पश्चिमा मुलुक र किभले यो निर्वाचनलाई पनि मान्यता दिएका थिएनन् ।

कतिपय किभ समर्थकहरुले यो निर्वाचनमा मतदान नगर्ने बताएका छन् । “यो हास्यास्पद हो, यस निर्वाचनको केही महत्व छैन । म त मतदान गर्न जान्नँ,” थर बताउन नचाहने ३४ वर्षीया तात्यानाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com