ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प


bhawani desk
आश्विन ७, २०७५ आईतबार  १० : ५० बजे

म्याग्दी, ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माण ठप्प भएको हो ।

प्रस्तावित अपर घारखोला जलविद्युत् आयोजनालाई प्रभावित बनाउन नहुने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गरी प्रभावित क्षेत्रका योजनालाई समान प्राथमिकता दिनुपर्ने, पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने, स्थानीयवासीलाई लगानी र रोजगारीको अवसर, वातावरणीय क्षति न्यूनीकरण, सञ्चालक समितिमा प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै शिखका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलन घोषणा गरेका छन् ।

आयोजनाले विगतमा पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकाले बाध्य भएर अवरोधमा उत्रनुपरेको सङ्घर्ष समितिका संयोजकसमेत रहनुभएका शिखका वडाध्यक्ष दिनेश पुनले बताउनुभयो । विसं २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण शुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमाक्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ ।

घारको बिरौटादेखि बाँधस्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवासस्थलका लागि पूर्वाधार तयार गरेको छ ।

तीन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युत्गृह अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ । रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार कूल लागत अनुमान गरिएको आयोजनाको क्षमता ८.३ मेगावाटबाट बढाएर १४ मेगावाट पु¥याएको छ ।

प्रभावित क्षेत्रका बासिन्दा र आयोजना प्रर्वद्धकबीच छलफल गरी निर्माणमा भएको अवरोध हटाएर काम अघि बढाउन पहल जारी राखिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com