ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी पत्रकारको मृत्युको नाटक कसरी रचियो, पक्राउपछि यस्तो भने यीनले


admin
जेष्ठ १८, २०७५ शुक्रबार  १ : १९ बजे

काठमाडौं, १८ जेठ । जिउँदो मानिसलाई मृत पुष्टि गर्न सजिलो हुँदैन । तर युक्रेनले रुसका चर्चित खोज पत्रकार अर्काडी बाब्चेन्कोको मृत्युको झुटो खबर फैलायो । यो खबरलाई संसारभरीका मिडियाले प्राथमिकताका साथ प्रकाशित गरे ।

युक्रेनका सुरक्षा अधिकारीका अनुसार यसको तयारी दुई महिनाअघि देखि सुरु गरिएको थियो र यसका लागि उनीहरुले दिनरात मेहनत गरिरहेका थिए ।

तर यो सबै कसरी गरियो ? ताजा जानकारीका अनुसार यो स्टन्टका लागि सुंगुरको रगत प्रयोग गरिएको थियो । यतिमात्र होइन, यसका लागि एक मेकअप आर्टिस्टको मद्दत पनि लिइयो ।

बाब्चेन्को आफैले यसबारे पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार उनका आफन्त र यहाँसम्म उनकी श्रीमतीलाई पनि यसबारे जानकारी दिइएको थिएन ।

मुर्दाघरमा फेरे कपडाः

योजना मुताबिक बाब्चेन्कोले मंगलबार च्यात्तिएको र चिथोरिएको सर्ट लगाएर सुंगुरको रगतमा लत्पत्तिएर घाइते भएको नाटक गरे, त्यसपछि उनलाई एम्बुलेन्सबाट अस्पताल पुर्याइयो ।

उनलाई एम्बुलेन्समा राख्नेदेखि अस्पतालका सबै मानिसहरु उक्त योजनामा संलग्न थिए । अस्पतालमा डाक्टरहरुले पनि उनलाई मृत घोषित गरे । त्यसपछि उनले मुर्दाघरमा कपडा फेरेर त्यहाँबाट आफ्नो मृत्युको खबर समाचारमा हेरे ।

त्यसको केही समय पछि उनलाई एक सुरक्षित घरमा पुर्याइयो । बाब्चेन्कोले भने, ‘म यो योजनाको इन्चार्ज थिइनँ त्यसकारण मलाई यो सबै कसरी हुन्छ भन्ने थाहा थिएन । योजना बुन्ने समूहले जस्तो भने मैले त्यही गरें ।’

एक दिन अघि आएको समाचारमा ४१ वर्षीय बाब्चेन्कोको युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएको बताइएको थियो ।

युक्रनले उक्त हत्याको पछाडि युक्रेनको हात भएको आशंका जताएको थियो । उक्त घटनामा ‘रुसी प्याटर्न’ देखिएको बताएको थियो ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com