ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपसहित बलर चम्केपछि चेन्नईविरुद्ध दिल्लीकाे सहज जित


एबीसी न्यूज

जेठ ५ – इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा नेपाली युवा बलर सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ् द म्याच घोषित भएका छन् ।

चेन्नई सुपर किंग्सलाई ३४ रनले हराउने क्रममा सन्दिपले एक विकेट लिए । १६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दीपले ५.२५ को औसतमा २१ रन दिए । ४ ओभर बलिङ गर्दै सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए । सुरेश रैना र महेन्द्रसिंह धोनीको साझेदारीलाई तोड्न सफल भए सन्दीप लामिछाने । चार ओभरमा १० बल सन्दीपले डट गराउन सफल भए ।

रैना र धोनीको साझेदारी तोड्नु तथा कम रन खर्चनु नै दिल्लीका लागि जितको आधार बन्यो । सन्दीपसहित दिल्लीका बलरहरुले कसिलो बलिङ गरे । आवेश खान भने केही महंगा सावित भए । दुई ओभर बलिङ गरेका खानले २८ रन खर्चिए । ४ ओभर बलिङ गरेका अमित मिश्रा र ट्रेन्ट बोल्टले २–२ विकेट लिँदै मात्र २० रन दिए । त्यस्तै ४ ओभर नै बलिङ गरेका हर्षल पटेलले एक विकेट लिँदै २३ रन खर्चिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेरडेविल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले सर्वाधिक ३८ रन बनाएका थिए भने विजय शंकर र हर्सल पटेलले ३६–३६ रनको योगदान दिए । हर्सलले अन्तिम ओभरमा ३ छक्कासहित १९ रनको योगदान दिएपछि दिल्लीले बलियो स्कोर तयार पारेको थियो । दिल्लीले अन्तिम ओभरमा मात्रै २६ रन बटुलेको थियो । दिल्लीका हर्षल पटेल म्यान अफ् द म्याचसमेत बने ।

बलिङतर्फ लुंगी एनगिडीले २ विकेट लिए भने दिपक चाहर, रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १२८ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायूडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com