ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टा


एबीसी न्यूज
जेष्ठ ३, २०७५ बिहीबार   ७ : ५२   बजे

 

रोल्पा, ३ जेठ । रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको हो ।

नेपाल आर्मी क्लबको एक सेटका विरुद्ध नेपाल पुलिस क्लब तीन सेट जितेर विजयी भएको हो । तेस्रो स्थानका लागि मंगलबार भएको एपीएफ क्लब र ४ नम्बर प्रदेशबीचको प्रतिस्पर्धामा ४ नम्बर प्रदेश विजयी भएको थियो ।

योसँगै रोल्पामा सम्पन्न प्रथम सभामुख क्लब भलिबलमा नेपाल पुलिस क्लब प्रथम, त्रिभुवन आर्मी क्लब द्धितीय र ४ नम्बर प्रदेशले तृतीय स्थान हासिल गरेका छन् ।

यसैगरी, महिलातर्फ एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच भएको फाइनल खेलमा एपीएफ क्लब विजयी भएको छ । तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र ५ नम्बर प्रदेशबीच भएको प्रतिस्पर्धामा नेपाल आर्मी क्लब विजयी भएको थियो । महिलातर्फ एपीएफ क्लब प्रथम, नेपाल पुलिस क्लब द्धितीय र त्रिभुवन आर्मी क्लब तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु तीन लाख, दुई लाख र एक लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सभामुख कृष्णबहादुर महराले गत वैशाख २९ गते उद्घाटन गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group