ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाडीको रुट परमिट आजैदेखि निलम्बन गर्छु : महानिर्देशक भट्टराई


एबीसी न्यूज
बैशाख २१, २०७५ शुक्रबार  ५ : ३३ बजे

काठमाडौं, २१ वैशाख ।  सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ ।

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभएको हो ।

महानिर्देशक भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यवसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आजै साँझदेखि लागु हुने रुट परमिट निलम्बन गर्ने तयारी भइरहेको बताउनुभयो ।  सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उहाँले बताउनुभएको हो ।

त्यसैगरी सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सुचना प्राप्त भएको भन्दै उहाँले बैँक खाता रोक्नका लागि गृह मन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्काका लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्र पठाउने तयारी भइरहेको भट्टराइले बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथ ामहासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समितिका पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

सरकारले यातायात व्यवसायीमाथि कुनै अन्याय नगरेको दावी गर्दै उहाँले ऐनमा भएका व्यवस्था लागु गर्न खोज्दा व्यवसायीले अनावश्यक रुपमा आपत्ति प्रकट गरेका आरोप लगाउनुभयो ।

‘२०४९ को ऐनलाई कार्यविधिमार्फत लागु गर्न खोजिएको हो । प्रतिस्पर्धी व्यवसायीलाई प्रोत्साहन गर्ने सर्वोच्चको आदेशअनुसार पनि सरकार चल्न खोजेको हो । तर व्यवसायीले कार्यविधी नै पढेनन्, कुरै नबुझी विरोध गरिरहेका छन्’ भट्टराईले भन्नुभयो ।

सरकार सम्झौता गर्दैन । अब यातायात क्षेत्र यात्रुमैत्री र सुविधायुक्त हुन्छ । नयाँ व्यवसायीलाई पनि आकर्षित गर्छौँ । तर सरकार एक कदम पछि हट्दैन’ उहाँले भन्नुभयो ।

यातायात व्यवसायीले भने आज देशभर सवारी साधन ग्यारेजमा थन्क्याएर बसेका छन् । जसका कारण यात्रुले सास्ती खेप्नु परेको छ । भट्टराईले व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएमा निजी विद्यालय, प्रहरी, नेपाली सेनालगायतका विभिन्न क्षेत्रका बसहरु प्रयोग गरेर यात्रुलाई सेवा दिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com