ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय म्याराथन दौडका लागि प्रवेश शुल्क तोकियो


admin
बैशाख २१, २०७५ शुक्रबार  २ : २२ बजे

रसुवा, २१ वैशाख ।  लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार ५०० र विदेशीका लागि ७५ युएस डलर शुल्क निर्धारण गरिएकोे हो ।

टानको आयोजनामा आगामी जेठ ५ गते हुने दौड समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइ लाङ्टाङको क्याङ्जिनदेखि शेर्पा गाउँ हुँदै ४२ किमी दूरीको स्याफ्रुबेँसीसम्म दौडमा प्रथम, द्वितीय, तृतीयका लागि पुरस्कार रकमसमेत निर्धारण गरिएको छ ।

म्मराथन दौडका लागि महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको र प्रथमलाई १० लाख पाँच हजार, द्वितीयलाई ७८ हजार र तृतीयलाई ५२ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यो तेस्रो पटक हुने दौडमा एकसयभन्दा बढी सहभागी हुने र यसकोे सुरक्षा व्यवस्थाका लागि प्रहरी तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा पर्यटकीय पदमार्ग भएका कारण वातावरण संरक्षणका लागि मानव सिर्जित फोहर ठाउँठाउँमा राखिएको डम्पिङ साइडमा मात्र फल्ने व्यवस्था मिलाउन आयोजक संस्था टानलाई आग्रह गरिएको निकुञ्जका रेञ्जर रमेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com