ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ घण्टामा ३७ हजारपटक चट्याङ्ग, चट्याङ्ग पर्दा के गर्ने ?


एबीसी न्यूज

दक्षिणी भारतको आन्ध्र प्रदेशमा यो साता चट्याङ्गले रेकर्ड तोडेको छ। अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशमा मंगलबारका दिन मात्र १३ घण्टामा ३६ हजार ७ सय ४९ पटक चट्याङ्ग प-यो ।

राज्यको आपतकालिन प्रबन्धन विभागका अनुसार यो संख्या सामान्यभन्दा निकै धेरै हो, जुन मौसम परिवर्तनको नतिजा हो । चट्याङ्ग परेका कारण अहिलेसम्म ९जनाको मृत्यु भइसकेको छ, जसमा एउटी ९ वर्षीया बालिका पनि छिन्।

राज्यमा आपतकालीन अपरेशन सेन्टर चलाउने किशन साँकुले बीबीसीसँग भने कि मनसुन सुरु हुनुअघि यो क्षेत्रमा चट्याङ्गका घटना बढ्ने गर्दछ । यो मौसम जुनदेखि सुरु हुन्छ र सेप्टेम्बरसम्म रहन्छ ।

यद्यपि मंगलबार जे भयो त्यो कुनै पनि ढंगले सामान्य मान्न सकिन्न । तथ्याङ्गहरुका अनुसार गत वर्ष यो क्षेत्रमा मे महिनामा करिब ३० हजारपटक चट्याङ परेको थियो ।

केही वैज्ञानिकहरुका अनुसार ग्लोबल वार्मिङ्गका कारण मौसममा तिब्रताका साथ परिवर्तन देखिँदैछ । आन्ध्र प्रदेशको उत्तरी तटमा चट्याङ्गका कयौ घटना हुन्छन् । यो एउटा यस्तो क्षेत्र हो जहाँ भारी वर्षा हुने गर्दछ ।

साँकुका अनुसार मनसुनभन्दा पहिला यो क्षेत्रमा चट्याङ्ग पर्ने सम्भावना वृद्धि हुन्छ । ‘यो वर्ष अरब सागरको चिसो हावा र उत्तर भारतको तातो हावामा ठक्कर भएका कारण सामान्यभन्दा बढी बादल बन्यो र यस्तो अवस्था उत्पन्न भयो, जसबाट चट्याङ्गको सम्भावना बढ्यो ।’
उनले भने–बादलको २०० किलोमिटर बढेका कारण यसप्रकारको स्थिति बन्यो ।‘उनका अनुसार–आमरुपमा यो १५ किलोमिटरदेखि १६ किलोमिटर बन्दछ, हाम्रो अनुभवमा यस्तो निकै कमै भएको छ।

भारतको नेशनल क्राइम रेकर्ड ब्युरोका अनुसार सन् २००५ देखि भारतमा हरेक वर्ष चट्याङ्गका कारण कम्तीमा २ हजार जनाको मृत्यु हुने गरेको छ। जुन २०१६ मा बिहार, झारखण्ड, उत्तर प्रदेश र मध्यप्रदेशमा चट्याङ्गका कारण ९३ जना मारिएका थिए र २० भन्दा बढी घाइते भएका थिए।

अमेरिकाजस्तो विकसित देशको तुलनामा भारतमा चट्याङ्गका कारण मृत्यु हुनेको संख्या बढी छ। अमेरिकामा हरेक वर्ष औषतः २७ जनाको मृत्यु चट्याङ्गका कारण हुने गर्दछ ।

यसको सबैभन्दा ठुलो कारण यो हो कि अमेरिकाजस्ता विकसित देशमा चेतावनी दिने व्यवस्था राम्रो छ, समयभन्दा अघि नै मौसमको पूरा जानकारी दिइन्छ । तर नेपाल र भारतजस्ता मुलुकमा त्यस्तो व्यवस्था छैन ।

यसका साथै संसारभरको तुलनामा भारन, नेपालजस्ता मुलुकमा धेरै मानिस खेतीकिसानीको कामका लागि आफ्नो घरभन्दा बाहिर काम गर्दछन् र चट्याङ्ग पर्दा उनीहरु त्यसको शिकार हुने आशंका बढी हुन्छ । तर साँकु भन्छन् कि उनको कार्यालयले मानिसहरुलाई खतराका बारेमा बढीभन्दा बढी जानकारी दिने कोशिस गर्दछ ।

‘मंगलबार म्यासेजिङ सेवा व्हाट्सऐप र टेलिग्रामको माध्यमबाट जिल्ला अधिकारीहरुलाई सतर्क गराइएको थियो र टेलिभिजन र रेडियोमा घोषणा गरिएको थियो कि मौसमको खराबीका कारण मानिसहरु घरमै रहून् । ’

उनका अनुसार मोबाइल प्रयोग गर्नेहरुका लागि सब्सक्रिप्सन–बेस्ड अलर्ट पनि पठाइएको थियो । ‘तर हामी खेतमा काम गर्नेहरुलाई सतर्क गराउन सकेनौं । किनभने उनीहरु आफ्नो फोन आफूसँग राख्दैनन् ।’

चट्याङ्ग पर्दा के गर्ने ?

–कुनै गाडी वा भवनभित्र शरण लिनुस्

–खुल्ला स्थान र खुल्ला पहाडी स्थानबाट टाढै रहनुस्

–यदि तपाईसँग लुक्नका लागि कुनै छत छैन भने तलतिर झुकेर खुट्टाको बलमा बस्नुस्, आफ्नो हात घुँडामा राख्नुस र टाउकोलाई घुँडाको बिचमा राख्नुस् ।

–कुनै पनि अग्लो र अलग रुखको मुनि नउभिनुस्।

–यदि तपाई पानी वा समुद्र वा नदीमा हुनुहुन्छ भने तत्काल त्यहाँबाट हट्नुस् । –स्रोतः दुर्घटनाहरुको रोकथाम गर्ने रोयल सोसाइटी । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com