ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई


एबीसी न्यूज
चैत्र ८, २०८२ आईतबार  ७ : २० बजे

काठमाडौं, ८ चैत्र । एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको उपाधि जापानले जितेको छ । हिजो अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।

जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । उनले खेलको १७ औँ मिनेटमा गोल गरिन् । खेलको अन्तिम १० मिनेटमा अस्ट्रेलियाले बराबरी गोलका लागि निरन्तर दबाब बनाए पनि सफल हुन सकेन ।

यसभन्दा पहिले पनि जापानले सन् २०१४ र २०१८ मा फाइनलमा अस्ट्रेलियालाई हराउँदै उपाधि जितेको थियो । पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जित्दै जापानले एशियाली महिला फुटबलमा आफ्नो प्रभाव जमाएको छ ।

सन् २०१० पछि उपाधि जित्ने प्रयासमा रहेको अस्ट्रेलिया यसपटक असफल रह्यो । प्रतियोगिताबाट शीर्ष ६ टोली आउँदो वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपका लागि छनोट भएका छन् । १२ टोली सहभागी प्रतियोगितामा इरान महिला राष्ट्रिय फुटबल टोलीको सहभागिताले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको थियो ।

टोली फेब्रुअरी २८ अघि नै अस्ट्रेलिया पुगेको थियो, त्यसपछि शुरु भएको मध्यपूर्वी युद्धका कारण परिस्थिति थप संवेदनशील बनेको छ । इरानी टोलीका सात सदस्यले शुरुमा अस्ट्रेलियामा शरण मागेका थिए, तर पछि दुई जना खेलाडी बाहेक सबै स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com