ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा


एबीसी न्यूज
फाल्गुन १४, २०८२ बिहीबार  ९ : ०१ बजे

काठमाडौ, १४ फागुन । आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ । आज भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले अविजित ७५ र रायन रिकेल्टनले अविजित ४५ रन बनाए । यस्तै क्विन्टन डे ककले ४७ रन बनाए ।

त्यसअघि भारतको अहमदावादमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेट गुमाएर १ सय ७६ रन बनायो । वेस्ट इन्डिजका रोमारियो शेफर्डले अविजित ५२ र जेसन होल्डरले ४८ रन बनाए । यस्तै आजै हुने दोश्रो खेलमा भारत र जिम्बाबे खेल्दैछन् । भारतको चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे हुँदैछ ।

‘सुपर एट’ अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोलीलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । यो खेलमा पराजित हुने टोलीको सेमिफाइनल सम्भावना कठिन हुनेछ । पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित हुँदा जिम्बाबे वेस्ट इन्डिजसँग १ सय ७ रनले पराजित भएको थियो ।

‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो जीत

आईपीएल क्रिकेटमा हैदराबादले राजस्थानलाई हरायो

आइपीएल क्रिकेटमा चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com