काठमाडौं, १० फागुन । आज उच्च पहाडी तथा हिमाली एकरद/ई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागसहित अन्य बाँकी हिमाली भागमा पनि आंशिक बादल लागेको छ ।
महाशाखाकाअनुसार आज दिउँसोसम्म तराई क्षेत्रका केही ठाउँमा हुस्सु कायमै रहनेछ । दिउँसो पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बादल लाग्नेछ । एकरदुई ठाउँमा छिटपुट वर्षा र हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले हुस्सु तथा हिमपात र हल्का वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दालाई दैनिक गतिविधिमा सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।
आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्