ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी: ‘७९ मा हामी आतुर थियौं, ८२ मा जनता आतुर छन्’(भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन १०, २०८२ आईतबार  ७ : ३१ बजे

नवलपुर। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी चुलिँदो छ। फागुनको पहिलो सातादेखि निर्वाचन आयोगले खुला प्रचार–प्रसारको अनुमति दिएसँगै उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा सक्रिय बनेका छन्। मतदातासँग भेटघाट, घरदैलो र एजेन्डामाथि प्रत्यक्ष संवाद तीव्र बनेको छ।

एबीसी टेलिभिजनको कार्यक्रम ‘इलेक्सन एक्सप्रेस’ अन्तर्गत नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम सँग गरिएको कुराकानीमा उनले यसपटकको चुनावी माहोल अघिल्लो निर्वाचनभन्दा फरक रहेको दाबी गरे।

उनका अनुसार २०७९ को निर्वाचनमा पार्टी नयाँ भएकाले उत्साह र आतुरी उम्मेदवारहरूमा बढी थियो, तर यसपटक भने जनतामै मत हाल्ने आतुरी देखिएको छ। “७९ मा हामीलाई चुनावको हतारो थियो, ८२ मा जनतालाई छ,” गौतम भने, “जनता कहिले मतदान दिन पाइएला भन्ने प्रतीक्षामा छन्।”

गौतमले अघिल्लो निर्वाचनमा संगठन कमजोर रहे पनि आफूले साढे २४ हजार मत प्राप्त गरेको स्मरण गर्दै यसपटक पार्टीको संगठन विस्तार भइसकेकाले परिणाम अझ सुदृढ हुने दाबी गरे। “त्यतिबेला १०–१५ जना साथी लिएर हिँड्दा पनि उल्लेख्य मत आयो। अहिले हजारौँ समर्थक सक्रिय छन्,” उनले भने।

चुनावी खर्चको सन्दर्भमा उनले पुराना दलहरूजस्तो कार्यकर्ता व्यवस्थापनका नाममा खर्च नगर्ने दाबी गरे। “हामीकहाँ साथीहरू आफ्नै खर्चमा खाजा खाएर हिँड्नुहुन्छ। विदेशबाट समेत समर्थकहरू आफ्नै खर्चमा चुनावी अभियानमा जोडिन आउनुभएको छ,” उनले बताए। स्विडेन र कतारबाट समर्थकहरू चुनावका लागि नेपाल आएको उदाहरण उनले प्रस्तुत गरे।

मिडियासँगको सम्बन्धबारे उठेका प्रश्नमा उनले रास्वपा नेतृत्व मिडिया–फ्रेन्डली नै रहेको दाबी गरे। “हाम्रा शीर्ष नेताहरू छोटो र सन्देशमुखी अभिव्यक्तिमा विश्वास गर्नुहुन्छ। जनतालाई लामो भाषणभन्दा सारगर्भित कुरा चाहिएको छ,” उनले भने।

आफ्नो राजनीतिक पृष्ठभूमिबारे प्रष्ट पार्दै भट्टले २०७९ अघि रास्वपा नरहेको भन्दै आफू विगतमा दलीय संरचनामा संलग्न भए पनि त्यो बाध्यात्मक परिस्थिति भएको बताए। “देशमा कुनै न कुनै दलसँग जोडिनु बाध्यता जस्तै थियो। तर रास्वपा गठन भएपछि हामी देशको हितका लागि नयाँ विकल्प रोज्यौं,” उनले भने।

आफूमाथि ‘अवसर खोजेर पार्टी परिवर्तन गरेको’ आरोप अस्वीकार गर्दै उनले क्याम्पस प्रमुखको जागिर छाडेर चुनाव लडेको प्रसंग उल्लेख गरे। “मलाई ५०० मत पनि कटाउन सक्दैनस् भनिएको थियो। तर साढे २४ हजार मतले जनताले उत्तर दिइसके,” उनले भने।

नवलपुर–१ मा यसपटक प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। मुख्य दलहरूबीचको परम्परागत प्रतिस्पर्धामा रास्वपाले आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ। गौतमले जनताको विश्वास र आशा जित्ने लक्ष्यसहित घरदैलो अभियानलाई तीव्र बनाएको बताए।

आगामी मतदानले नवलपुर–१ को राजनीतिक समीकरण कता मोडिन्छ भन्ने चासो बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

सम्बन्धित

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मनहरीमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com