ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु


एबीसी न्यूज
माघ १८, २०८२ आईतबार  १० : ११ बजे

काठमाडौं, १८ माघ। गाजामा इजरायली सेनाको हवाई हमलामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासनले उक्त जानकारी दिएको हो ।

हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार भएको पछिल्लो हमलामा मारिएकाहरुमध्ये महिला र बालबालिका पनि रहेका छन् । एजेन्सीले खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसिरहेका टेन्टहरूमा हेलिकोप्टरबाट आक्रमण गरिएको दाबी गरेको छ ।

प्यालेस्टिनी पक्षले यस आक्रमणलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ ।

इसराइली सेनाले भने शुक्रबार ‘हमासतर्फबाट संघर्षविराम सम्झौता उल्लंघन’ गरिएको आरोप लगाउँदै त्यसको जवाफमा विभिन्न स्थानमा आक्रमण गरिएको पुष्टि गरेको छ । इसराइल र हमास दुवैले एक–अर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।

इसराइल–हमासबीचको पछिल्लो द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासका लडाकूहरूले इसराइलमा आक्रमण गरेपछि सुरु भएको थियो । ती आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

हमासको स्वास्थ्य विभागका अनुसार त्यसपछि गाजामा इसरायलले चलाएको सैन्य अभियानमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विभागका अनुसार पछिल्लोपटक १० अक्टोबर २०२५ मा संघर्षविराम लागू भएयता कम्तीमा ५०९ प्यालेस्टिनी मारिएका छन् भने चार इजरायली सैनिकको पनि ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com