ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराट गोल्डकपमा झापालाई हराउँदै आर्मी फाइनल प्रवेश


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार  ७ : ०५ बजे

मोरङ, २४ चैत । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
उपाधिका लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्नु पर्ने छ । आर्मीको जितमा विमल पाण्डे नायक बने । ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत वायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिँदा झापा दबाबमा पर्‍यो । दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोरक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले आर्मीको प्रहार रोक्न सकेनन् ।

क्वार्टरफाइनलमा आर्मी अर्को विभागीय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । विपक्षीको तुलनामा उत्कृष्ट प्रद्धर्शन गरे पनि तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा सिजनमा आर्मीसँग तेस्रो हार बेहोर्न बाध्य भयो ।

झापाले यसअघि घरेलु मैदानमा आर्मीसंग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा पराजय बेहोरेको थियो । त्यस्तै शिव सताक्षी गोल्डकपमा पनि सेमिफाइनलमा ३–० गोल अन्तरले आर्मीसँग झापा पछि परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com