ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् पुनर्स्थापना रिटमा ‘चुपचाप’ सर्वोच्च, पूर्वसांसदहरूले प्रधानन्यायाधीशसँग भेट मागे


एबीसी न्यूज
माघ १४, २०८२ बुधबार  ६ : १९ बजे

काठमाडौं : नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरे लगायतका पूर्वसांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले लामो समयसम्म पेसी नतोकिएको भन्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग तत्काल भेटघाट माग गरेका छन्।

बिहीबार बिहान ११ बजे प्रधानन्यायाधीश राउतसँग भेट्ने तयारी गरेका घिमिरेले भने, ‘१७ वटा रिट दायर भए पनि अदालत चुप लागेर बसेको छ। यसरी न्यायालय जीवित छ भन्ने साबित गर्न सकिँदैन। हामी निरन्तर सुनुवाइको माग गर्न जाँदैछौं।’

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबाट कुल १७ वटा रिट दायर भएका थिए। पुस २ गते प्रधानन्यायाधीश राउत नेतृत्वको संवैधानिक इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। विपक्षीहरूले लिखित जवाफसमेत पेस गरिसकेका छन् भने पूरक रिटहरूलाई पनि एकसाथ राख्ने आदेश भएको थियो। तर त्यसयता कुनै सुनुवाइ नभएको भन्दै रिटकर्ताहरू आक्रोशित बनेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आगामी माघ २० गते मात्र साधारण तारेख तोकिएको छ। निरन्तर सुनुवाइ वा पेसीको यकिन मिति अझै निर्धारण भएको छैन।

रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको दाबी गरिएको छ। निवेदकहरूले कार्कीको नियुक्ति संविधानको धारा ७६ र १३२(२) विपरीत भएको तर्क गर्दै उनको नियुक्ति, शपथ तथा भदौ २७ को संसद् विघटन बदर गरी भदौ २४ कै अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गरेका छन्। साथै, निर्वाचनसम्बन्धी सबै कामकारबाही रोक्न प्रतिषेध आदेश र राष्ट्रपतिको नाममा नयाँ सरकार गठनका लागि परमादेशको माग पनि गरिएको छ।

भदौ २४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्पन्न राजनीतिक संकटका बीच सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो। यो सरकारले संसद् विघटन गरी आगामी निर्वाचन घोषणा गरेको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बरालले पनि छुट्टै रिट दायर गरेका थिए, जसमा पहिलो सुनुवाइ भइसकेको छ। पूर्वसांसदहरूको यो भेटले सर्वोच्च अदालतमा दबाब बढाउने प्रयासका रूपमा हेरिएको छ। यस मुद्दाको फैसलाले नेपालको वर्तमान राजनीतिक संकट र निर्वाचन प्रक्रियाको भविष्य निर्धारण गर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

सम्बन्धित

ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो

कोशीका २८ क्षेत्र : दाबीको भीड, तर गणित कस्को पक्षमा?

सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ओलीको सामाजिक सञ्जाल स्पष्टीकरण: ‘भदौ २३ को गोलीकाण्डमा मेरो आदेश थिएन, घुसपैठकर्ताले बालबालिकालाई ढाल बनाए’

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com