काठमाडौं : विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा उत्रिएका छन्। पाका पुस्ताको बहिर्गमनसहितका उद्देश्य राखेर भएको जेनजी विद्रोहपछि हुन लागेको आमनिर्वाचनमा ७० वर्षदेखि माथिका ९० वृद्धवृद्धा उम्मेदवार बनेका हुन्।
जसमध्ये दलहरूबाट ६५ जना छन् भने २५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। दलबाट सबैभन्दा धेरै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ११/११ जना ७० वर्षमाथिका उम्मेदवार छन्।
नेकपाबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधव नेपाल दुबै ७० नाघिसेका उम्मेदवार हुन्। चुनाव जित्ने सुनिश्चितता खोज्दै यसपकट रुकुम पूर्व पुगेका प्रचण्ड ७२ लागिसकेका हुन्। उनले निर्वाचन आयोगलाई दिएको विवरणमा भने ७० वर्ष उल्लेख गरेका छन्।
रौटहट १ बाट उम्मेदवारी दिएका नेकपाका सहसंयोजक नेपाल ७३ वर्ष पुगे पनि उनले पनि आयोगलाई दिएको विवरणमा भने ७२ मात्रै भनेका छन्। आसन्न निर्वाचनकै सबैभन्दा वृद्ध उम्मेदवार पनि नेकपाकै महिन्द्रराय यादव हुन्। सर्लाही २ बाट उम्मेदवारी दिएका उनी ८८ वर्ष पुगेका आयोगको विवरणमा उल्लेख छ।
नेकपाबाट ७० वर्षदेखि माथिका अन्य उम्मेदवारमा मोरङ २ बाट उम्मेदवारी दिएका चन्द्रवीर राई (७० वर्ष), सिराहा ३ का विश्वनाथ साह (७२ वर्ष), धनुषा २ का रामचन्द्र झा (७१ वर्ष), कास्की ३ का गोपाल गिरी (७० वर्ष), पाल्पा २ का सोमप्रसाद पाण्डे (७० वर्ष), दैलेख १ का अम्बरबहादुर थापा (७० वर्ष), अछामका भीम रावल (७० वर्ष) र कञ्चनपुर ३ का उम्मेदवार मानबहादुर सुनार (७० वर्ष) छन्। राप्रपाबाट पनि ७० वर्षदेखि माथिका ११ जना नै उम्मेदवार चुनावी मैदानमा छन्। काठमाडौं ५ बाट उम्मेदवारी दिएका कमल थापा (७० वर्ष) देखि नवलपरासी पश्चिम २ मा उम्मेदवार बनेका ध्रुवबहादुर प्रधान (७७ वर्ष)सम्म पुनः संसद् छिर्ने उद्देश्यसहित चुनावी मैदानमा छन्।
मोरङ १ बाट पूर्णबहादुर तामाङ (७० वर्ष), सुनसरी ४ बाट प्रेमप्रसाद भट्टराई (७२ वर्ष), सिराहा २ बाट श्यामकिशोर साह हलुवाइ (७४ वर्ष), सिन्धुली २ बाट मुकुन्दप्रसाद गजुरेल (७६ वर्ष), लमजुङ १ बाट केविन्द्रजंग गुरुङ (७४ वर्ष), पर्वत १ बाट दुर्गाबहादुर मल्ल (७१ वर्ष), रोल्पा १ बाट अम्मरबहादुर थापा क्षेत्री (७५ वर्ष), बाजुरा १ बाट केशरबहादुर शाही (७३ वर्ष) र कञ्चनपुर २ बाट तिर्थराज चटौत (७१ वर्ष) ७० माथिका राप्रपा उम्मेदवार हुन्।
नेतृत्व पुस्तान्तरणसँगै नेपाली कांग्रेसमा भने वृद्ध उम्मेदवारको संख्या यसपटक न्यून देखिन्छ। ८० पुगेका शेरबहादुर देउवाबाट ५० मुनिका गगन थापाले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएपछि अधिकांश ठाउँमा युवालाई मौका दिइएको छ।
यद्यपि, ७० देखि माथिका ९ नेता भने पुनः टिकट हत्याउन सफल भएका छन्। मोरङ ६ मा उम्मेदवार बनेका शेखर कोइराला (७५ वर्ष) देखि नवलपरासी पश्चिममा पुनः चुनाव लड्न लागेका अर्बपति विनोद चौधरीसम्म ७० वर्षीय वृद्ध हुन्।
अन्य वृद्ध उम्मेदवारहरूमा सुनसरी ३ मा विजयकुमार गच्छादार (७२ वर्ष), भोजपुर १ मा बालकृष्ण थापा (७३ वर्ष), बारा ३ फरमुल्ला मन्सुर (७१ वर्ष), चितवन ३ मा टेकप्रसाद गुरुङ (७७ वर्ष), मनाङ १ टेकबहादुर गुरुङ (७१ वर्ष), रुपन्देही ५ मा भरतकुमार शाह (७१ वर्ष) र अछाम १ मा भरतकुमार स्वार (७० वर्ष) छन्।
नेकपा एमालेबाट भने तीन जना मात्रै ७० माथिका उम्मेदवार चुनावी मैदानमा छन्। तेस्रो कार्यकाल नेतृत्व हत्याएका ७४ वर्षीय केपी ओली स्वयं झापा ५ बाटै उम्मेदवार बनेका छन् भने ईश्वर पोखरेल (७२ वर्ष)ले काठमाडौं ५ र ७८ वर्षीय जालिम मिया मन्सुरीले पर्सा ४ बाट प्रतिनिधि सभा चुनाव लड्दै छन्।
जसपा नेपालबाट तीन वृद्ध उम्मेदवार चुनावी मैदानमा छन्। महोत्तरी २ मा शरतसिंह भण्डारी (७१ वर्ष), सर्लाही ४ मा रामेश्वर राय यादव (७० वर्ष) र रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला (७६ वर्ष) उम्मेदवार छन्।
राष्ट्रिय जनमोर्चाबाट चित्रहादुर केसीले विश्राम लिए पनि अन्य साना दलको तुलनामा धेरै वृद्ध उम्मेदवार मैदानमा छन्। ओखलढुंगाबाट १ बाट शेरबहादुर खत्री (८० वर्ष), ललितपुर ३ बाट नीलगोविन्द महर्जन (७४ वर्ष), स्याङजा २ बाट राजेन्द्रप्रसाद गैह्रे (७१ वर्ष), अर्घाखाँची १ बाट पशुपतिनाथ ढकाल (७१ वर्ष), रुपन्देही २ बाट रुकबहादुर पराजुली (७४ वर्ष) र रुपन्देही ५ बाट जयश्वर रेग्मी (७४ वर्ष) जनमोर्चाका पाका उम्मेदवार हुन्।
जय मातृभूमि पार्टीबाट दुईजना (काठमाडौं २ मा आनन्द सिंखडा, ७१ वर्ष र स्याङजा २ बाट धनबहादुर थापा, ७१ वर्ष), नेकपा संयुक्तबाट दुईजना (पर्सा १ मा शंकरकुमार कर्ण, ७२ वर्ष र रुकुम पश्चिममा शेरबहादुर केसी, ७० वर्ष), नेकपा माओवादीबाट दुईजना (मोरङ ५ मा गंगाप्रसाद गिरी, ७० वर्ष र गोरखा १ बाट विष्णुप्रसाद रिजाल, ७२ वर्ष) तथा नेपाल जनता पार्टीबाट दुईजना (महात्तरी ३ मा विनयकुमार मिश्र, ७३ वर्ष र बारा ३ मा प्रह्लादपसाद साह कलवार, ७३ वर्ष) छन्।
यसैगरी नेपाल जनमुक्ति पार्टीबाट दुईजना (झापा २ मा मानबहादुर पुलामी, ७५ वर्ष र संखुवासभामा केशरसिंह राई, ७० वर्ष), नेमकिपाबाट दुईजना (झापा १ मा हिरण्यप्रसाद भट्टराई, ८३ वर्ष र रौतहट २ मा शेख अमिरुल हक, ७२ वर्ष), नेशनल रिपब्लिक नेपालबाट दुईजना (बागलुङ २ मा नरबहादुर बुढा, ७३ वर्ष र कैलाली २ मा दलबहादुर बुचामगर) तथा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दुई जना (नवलपरासी पूर्व २ मा मानसिंह महतो, ७४ वर्ष र म्याग्दी १ मा देवेन्द्र कामी, ७० वर्ष) छन्।
जनमत पार्टीबाट एकजना (झापा ३ मा हरसलाल राजवंशी, ७१ वर्ष), नेपालका लागि नेपाली पार्टीबाट एक जना (काठमाडौं ४ मा श्यामकुमार भट्टराई खत्री, ७० वर्ष), मंगोल नेशनल अर्गनाइजेशनबाट एक जना (महोत्तरी १ मा रमेशकुमार सिंह दनुवार, ७० वर्ष), राष्ट्रिय जनमतबाट एकजना (कपिलवस्तु २ मा रामप्रसाद पासी, ७६ वर्ष), राष्ट्रिय मुक्तिबाट एकजना (सप्तरी २ मा अनिश अन्सारी, ७२ वर्ष) र श्रम संस्कृति पार्टीबाट एकजना (बर्दिया २ मा मानबहादुर वैगार, ७४ वर्ष) छन्।
७० माथिका अन्य २५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रमध्ये काठमाडौं ४ का मदनदेव आचार्य (८७ वर्ष) सबैभन्दा पाका उम्मेदवार हुन्।








प्रतिक्रिया दिनुहोस्