ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ दलप्रति ओलीको टिप्पणी– भोलि उठी कहाँ जाने केही थाहा छैन‘


एबीसी न्यूज

काठमाडौं, १० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूसँग भोलिको भविष्यबारे केही पनि थाहा नभएको टिप्पणी गरेका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नारायणगोपालले सुनाएको गित स्मरण गरे ।

‘सायद नारायणगोपालले गाउनुभएको होला, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भने, ‘उहाँ (नयाँ दल) हरूको यात्रा त्यस्तै हो ।

भोलि कहाँ जाने त्यो पनि थाहा छैन, भोलि कहाँ जाने त्यो पनि थाहा छैन ।’ एनले आफूले नयाँ भनिएका दलका एक जनाको फेसबुक स्टाटस हेरेको बताए । उक्त स्टाटसमा आफूलाई मोटोमुनि गाडिदिने कुरा लेखेको भन्दै ओलीले आपत्ति जनाए ।

‘एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेको नयाँहरूले लेखेछन्, केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ । कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, हामी विचार गर्न सक्छौं,’ ओलीले भनेका छन् । अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी रहेको ओलीको भनाइ छ । ‘कस्तो पवित्र भावना हेर्नुस् त मान्छे गाडिदिने ज्युँदै । त्यसकारण देश जलाउने र बनाउनेकाबीचको लडाईं छ अहिले । हामी देश बनाउने काममा जुट्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसार अर्कैतिर, डाभोसको गफ अर्कैतिर छ

आन्दोलन कि चुनाव ? ओलीको दोधार : ‘अझै भन्न सकिन्न’

सम्बन्धित

संसार अर्कैतिर, डाभोसको गफ अर्कैतिर छ

आन्दोलन कि चुनाव ? ओलीको दोधार : ‘अझै भन्न सकिन्न’

नेकपाको कडा कारबाही : को–को परे कारबाहीमा, किन ?

रुकुम पूर्वमा भारी हिमपात : मध्यपहाडी लोकमार्ग ठप्प, यात्रुहरू चिसोमा बिचल्लीमा

एमालेमा कलह : ओलीकोटिप्पणीपछि सुरेन्द्र पाण्डेले पनि मुख खोले

प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा सजिलो छैन, नयाँ मतदातामा निर्भरता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com