काठमाडौं, ९ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन आउन अब ४१ दिन बाँकी रहेको छ। यस्तै निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ।यस्तै आजै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।यही माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।








प्रतिक्रिया दिनुहोस्