ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी माहोलले बढेको सेयरबजार


एबीसी न्यूज


काडमान्डौ माघ ६

मंगलबार नेप्से सूचक ४२।२६ अंकले बढेर २७१४।८१ विन्दुमा चढेको हो। गत भदौ २३ गते २७ सयमा रहेको नेप्से त्यसयता माथि जान सकेको थिएन। तर आइतबार सूचक करिब ५ महिनापछिकै उच्च अर्थात् २७ सयभन्दा माथि पुगेको हो।
देशमा चुनावी सरगर्मी बढ्दा सेयरबजारले त्यसलाई सकारात्मक प्रतिक्रिया दिएको छ।

देशभर फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता भइरहँदा सेयरबजारले स्वागत गरेको हो। चुनाव हुने परिस्थिति बन्दै जाँदा नेप्से पनि उच्च अंकले बढिरहेको थियो। आइतबार पनि ८ अर्बको कारोबार भएको थियो भने नेप्से ३१।१२ अंकले बढेको थियो।

आज सेयरबजारमा सूचकमा उछालसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ। यस दिन कुल ११ अर्ब ८५ करोडको किनबेच भएको छ। लगानीकर्ताले २ करोड ५१ लाख कित्ता बिक्री गर्दा कारोबार रकममा उच्च सुधार आएको हो।

गत साउन १३ गते ३ हजारको अवरोधलाई नेप्से धक्का दिएको थियो। यस दिन १८ अर्ब ५२ करोडको कारोबार भएको थियो। त्यसपछि ३ हजार विन्दु पार गर्न नसक्दा बजार निरन्तर घट्दै आएको थियो।

त्यसपछि साउन १८ गते २९२४।१५ मा पुग्दा कारोबार १३ अर्ब ७ करोडको भएको थियो। त्यसयता निरन्तर ओर्लिएको नेप्से सूचक र कारोबार दुवैले सो रेकर्ड तोड्न सकेका छैनन्।

मंगलबार २२४ वटा सेयरको मूल्य बढ्दा ३१ वटाको घटेको र ५ वटाको आइतबारकै मूल्यमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स १० प्रतिशत, आँखुखोला जलविद्युत् ८।१३ प्रतिशत, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ७।८७ प्रतिशत, नेशनल हाइड्रोपावर ७।३२ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर ७।०४ प्रतिशतले बढेका छन्।

गिरावटतर्फ अधिकतम ४।२३ प्रतिशतले मात्रै सेयरहरु घटेको नेप्सेले जनाएको छ।

सर्वाधिक कारोबार गरेको एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोडको, राधी विद्युतको ३९ करोडको, मञ्जुश्री फाइनान्सको ३७ करोडको, ग्रिन भेन्चर्स ३० र एसवाई प्यानलको २६ करोडको किनबेच भएको छ। मंगलबार सबै उपसूचक हरियो छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

सवैभन्दा बढी उम्मेदवार रुपन्देहीमा, हिमाली जिल्लामा एक अङ्कमै प्रतिस्पर्धा

सम्बन्धित

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी

सवैभन्दा बढी उम्मेदवार रुपन्देहीमा, हिमाली जिल्लामा एक अङ्कमै प्रतिस्पर्धा

गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)

५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

उम्मेदवारी दर्ता उत्साहजनक : बेलुकासम्म २ हजार ५ सयभन्दा बढीको मनोनयन

रुपन्देही–२ : एमालेका विष्णु पौडेलको ‘बढी मतान्तर जित’ दाबी, कांग्रेसका चुन्न पौडेलसहित ३४ उम्मेदवारको भीड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com