ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने


एबीसी न्यूज

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँग भएको सहमति के हुने भन्ने चासो थियो ।

यसैबीच कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न नहुने बताए ।‘अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति हो । राष्ट्रियसभा निर्वाचन लाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन,’ चालिसेले भने, ‘राष्ट्रिय सभा सदस्यको लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं ।’ राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नेछन् ।बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् ।राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com