काठमाडौं, ५ भदौ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति लगायतका विषयमा अध्ययन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विशेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
उक्त आयोगको कार्यकाल ३ महिनाको रहने उनले बताए । प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन सरकारीरसार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ५९ आन्दोलनकारी, ३ प्रहरीसहित ७४ जनाको मृत्यु भएको थियो।








प्रतिक्रिया दिनुहोस्