ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदनपुत्रीको टिप्पणी: पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्


abc news

काठमाडौ ७ साउन । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाएपछि उनकी पुत्री उषाकिरण भण्डारीले दिक्दारी पोखेकी छन् । पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्भित भने नबनेको उनको टिप्पणी छ ।

सामाजिक सञ्जलमा स्टाटस लेख्दै भण्डारीले आफ्नो भावना पोखरेकी हुन् । उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’

उनले आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेको सन्दर्भ पनि जोडेकी छन् ।

‘कस्तो संयोग १ मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवारले एमालेमा नैतिक समर्थन गर्न पनि देखिनेगरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि ।’ भण्डारीले भनेकी छन् ।

यो ज्ञानको बोझ आज बिसाउने मौका यो प्रकरणले दिएको बताउँदै उनले यो प्रकरणलाई धन्यवाद दिएकी छन् ।

मदन भण्डारी फाउन्डेशनको अध्यक्ष समेत रहेकी उषाकिरणले मदनको हीरक जयन्ती समारोह गठनको बेला समेत पार्टी नेतृत्वबाट असहयोग भएको बताएकी छन् ।
विद्या भण्डारीको दृष्टिकोणबारे नेपाल प्रेसको समाचार शेयर गर्दै उनले भनेकी छन्– फाउण्डेशनले जन्मजयन्तीको योजना बनाउँदै र हीरक जयन्ती समिति गठन गर्दै गर्दा फाउन्डेसनले एमाले नेतृत्व विरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने कथन स्थापित गर्न खोजे र यसपालीको जन्मजयन्ती र हीरक जयन्ती कमिटी बनाउने प्रकृयालाई तेजबोध गर्ने प्रयास गरे। एमालेको तर्फबाट नोटिसमा लिनेहरू भन्नुहुन्छ कि,फाउन्डेसनलाई नेकपा एमाले र नेतृत्वलाई हानि पुर्‍याउन प्रयोग गरिएको छ । जबकि माओवादी पार्टीसँग पाटी एकता गर्दा जबजलाई अलग राख्न उहांहरु तयार हुनुभएको कुरा ईतिहासमा नोटिस् भइसक्यो । मलाई आश्चर्य छ कि उहांहरू बाघको मुखमा पाठो बन्न किन सहमत भएको अनि त्यसपछि एमालेमा हमला भइरहेको छ भनेर आफूलाईबाहेक अरू सबैलाई दोषी देखेको रु तर हृदयविदारक कुरा के हो भने यो नेतृत्वले नै फाउन्डेसन बनाएको हो र हामीलाई हस्तान्तरण गर्दा यसलाई राम्रो संग जबजका अनुसार काम गर्न गाइड र निर्देशन गरेको हो। अहिलेचाहीं हिरक जयन्ती मार्फत् जबज छलफललाई अझ वृहत् बनाउने भन्ने कुरामा पनि सशंकित रु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com